प्योर ईभीले इलेक्ट्रिक बाइक ईट्रिस्ट ३५० ल्याउने, टिजर सार्वजनिक

इलेक्ट्रिक सवारी स्टार्टअप कम्पनी प्योर ईभीले आफ्नो नयाँ ईट्रिस्ट ३५० इलेक्ट्रिक बाइक भारतीय बजारमा लन्च गर्न लागेको छ । कम्पनीले सो इलेक्ट्रिक बाइकको नयाँ टिजर सार्वजनिक गरेको छ । कम्पनीले बजारमा सस्तो इलेक्ट्रिक बाइक र स्कुटरहरू बनाउन आईआईटी हैदराबादसँग मिलेर काम गरेको छ ।

हाल प्योर ईभीसँग ६ वटा इलेक्ट्रिक स्कुटरहरू छन् । ती मध्ये आईप्लुटो ६जी, आईप्लुटो र इन्ट्रान्स प्लस सबैभन्दा लोकप्रिय इलेक्ट्रिक स्कुटर हुन् । कम्पनीको ईट्रेन्स इलेक्ट्रिक स्टेप थ्रु र २ वटा इलेक्ट्रिक बाइक इग्नाइट र इट्रोनप्लस पनि उपलब्ध छ ।

हालको लागि कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक बाइकको लोगो सार्वजनिक गर्ने भएको छ । रिपोर्ट अनुसार सो इलेक्ट्रिक बाइक भारतमा १५ अगस्ट २०२२ मा लन्च हुने अपेक्षा गरिएको छ । यो बाइक पूर्ण रूपमा भारतमा निर्माण गरिने छ ।

प्योर ईभी ईट्रिस्ट ३५० एक शक्तिशाली ३.५ केडब्ल्युएच ब्याट्रीद्वारा संचालित छ, जसले १२० किलोमिटरसम्मको रेन्ज दिन सक्छ । यो इलेक्ट्रिक बाइकमा लिथियम आयोन ब्याट्री दिइएको छ । यो ब्याट्रीमा ५ वर्षको वारेन्टी दिइने कम्पनीले जानकारी दिएको छ । साथै यो इलेक्ट्रिक बाइकको अधिकतम गति ८५ किलोमिटर प्रतिघन्टा हुने दावी गरिएको छ ।

सो इलेक्ट्रिक बाइकको मूल्य १ लाख २० हजार देखि १ लाख ५० हजार भारु तोकिने अनुमान गरिएको छ । लन्चिङ पछि सो बाइक रिभोल्ट आरभी४०० र टोर्क क्राटोस जस्ता इलेक्ट्रिक बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली बजारमा पनि प्योर ईभीका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । भविष्यमा इलेक्ट्रिक बाइक पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हट्यो मर्सिडिज बेन्ज

ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हट्यो मर्सिडिज बेन्ज

लक्जरी कार ब्रान्ड मर्सिडिज वेन्ज २०३० सम्ममा ईभी ब्राण्डमात्रै बन्ने...

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणमा रहेको ग्रेटवाल मोटर्सको...

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...