दुई भेरिएन्टमा लन्च भयो ओला इलेक्ट्रिक स्कुटर, मूल्य र फिचर यस्तो
भारतमा राइड सेयरिङ कम्पनी ओलाको बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आइतबार...
इलेक्ट्रिक सवारी स्टार्टअप कम्पनी प्योर ईभीले आफ्नो नयाँ ईट्रिस्ट ३५० इलेक्ट्रिक बाइक भारतीय बजारमा लन्च गर्न लागेको छ । कम्पनीले सो इलेक्ट्रिक बाइकको नयाँ टिजर सार्वजनिक गरेको छ । कम्पनीले बजारमा सस्तो इलेक्ट्रिक बाइक र स्कुटरहरू बनाउन आईआईटी हैदराबादसँग मिलेर काम गरेको छ ।
हाल प्योर ईभीसँग ६ वटा इलेक्ट्रिक स्कुटरहरू छन् । ती मध्ये आईप्लुटो ६जी, आईप्लुटो र इन्ट्रान्स प्लस सबैभन्दा लोकप्रिय इलेक्ट्रिक स्कुटर हुन् । कम्पनीको ईट्रेन्स इलेक्ट्रिक स्टेप थ्रु र २ वटा इलेक्ट्रिक बाइक इग्नाइट र इट्रोनप्लस पनि उपलब्ध छ ।
हालको लागि कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक बाइकको लोगो सार्वजनिक गर्ने भएको छ । रिपोर्ट अनुसार सो इलेक्ट्रिक बाइक भारतमा १५ अगस्ट २०२२ मा लन्च हुने अपेक्षा गरिएको छ । यो बाइक पूर्ण रूपमा भारतमा निर्माण गरिने छ ।
प्योर ईभी ईट्रिस्ट ३५० एक शक्तिशाली ३.५ केडब्ल्युएच ब्याट्रीद्वारा संचालित छ, जसले १२० किलोमिटरसम्मको रेन्ज दिन सक्छ । यो इलेक्ट्रिक बाइकमा लिथियम आयोन ब्याट्री दिइएको छ । यो ब्याट्रीमा ५ वर्षको वारेन्टी दिइने कम्पनीले जानकारी दिएको छ । साथै यो इलेक्ट्रिक बाइकको अधिकतम गति ८५ किलोमिटर प्रतिघन्टा हुने दावी गरिएको छ ।
सो इलेक्ट्रिक बाइकको मूल्य १ लाख २० हजार देखि १ लाख ५० हजार भारु तोकिने अनुमान गरिएको छ । लन्चिङ पछि सो बाइक रिभोल्ट आरभी४०० र टोर्क क्राटोस जस्ता इलेक्ट्रिक बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली बजारमा पनि प्योर ईभीका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । भविष्यमा इलेक्ट्रिक बाइक पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
भारतमा राइड सेयरिङ कम्पनी ओलाको बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आइतबार...
हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल...
नेपाली बजारमा हालै भित्रिएको केवाईसी भी५ इलेक्ट्रिक भ्यानको चर्चा बढ्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...