पन्च.ईभीमा उच्च रिसेल भ्यालु : ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा 

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.ईभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यस अवधिमा पन्च.ईभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च.इभी खरिदमा मात्र लागू हुनेछ।

कम्पनीका अनुसार पन्च.ईभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो। यो फेब्रुअरी महिनाभरि पन्च.ईभी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरु गाडी साट्ने बेलामा ७० प्रतिशत ग्यारेन्टेड रिसेल पाउनेछन् । यसले अहिले पन्च.ईभी किन्ने ग्राहकहरुमा थप आत्मविश्वास बढ्ने कम्पनीले अपेक्षा रहेको छ।

यो स्किमको बिस्तृत जानकारी टाटा गाडीको नेपालभरि रहेको शो रुममा गएर बुझ्न सक्नेछन् ।

अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको टाटा पन्च.ईभी नेपाली बाटोलाई सुहाउँदो भएकोले ग्राहकहरू माझ लोकप्रिय छ । फेब्रुअरी महिनाभित्र गाडी खरिद गरे पश्चात भविष्यमा उचित रिसेल मुल्यांकन पाउने हुँदा ग्राहकहरूले आर्थिक रूपमा ठूलो फाइदा लिन सक्ने सिप्रदीको विश्वास छ।

सम्बन्धित समाचारहरू

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

साधारण फ्युल कार भन्दा बढी माइलेज दिन्छ हाइब्रिड कारले, यस्ता छन् फाइदा

बजारमा हाइब्रिड कारको संख्या पछिल्लो केही वर्षहरुमा बढेको छ । हाइब्रिड...

टाटा ईभीको बिक्री २ लाख ५० हजार नाघ्यो

टाटा ईभीको बिक्री २ लाख ५० हजार नाघ्यो

टाटा मोटर्सको ईभी बिक्रीले २ लाख ५० हजार युनिटको माइलस्टोन पार गरेको छ ।...

साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?

साउनमा ११० विद्यु्तीय कार भित्रिदा कति भित्रिए अन्य कार ?

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा ११० वटा विद्यु्तीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...