२५० सीसीको पल्सर अब आकर्षक निलो कलरमा
बजाजले केही समय पहिले भारतीय बजारमा सार्वजनिक गरेको २५० सीसीको पल्सर अब...
बजाजले पल्सर आरएस २०० को २०२५ संस्करण सार्वजनिक गरेको छ । केही फिचरमात्रै अपडेट गरेर ल्याइएको सो बाइकको मूल्य १ लाख ८४ हजार भारु निर्धारण गरिएको छ ।
बाइकको अगाडि एलईडी डीआरएल सहितको डुअल प्रोजेक्टर हेडल्याम्प र एकीकृत एलईडी टेललाइटसहित पुनः डिजाइन गरिएको टेल सेक्सन पाउन सकिन्छ । नयाँ पल्सर आरएस २०० मा केही नयाँ फिचर भने थप गरिएको छ ।
बाइकमा अब ब्लुटुथ–इनेवल्ड एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोलको साथ टर्न–बाई–टर्न नेभिगेसन र कल/म्यासेज अलर्ट जस्ता फिचर उपलब्ध हुने जनाइएको छ । इन्जिन भने उहि पुरानै १९९ सिसी सिंगल–सिलिन्डर जडान गरिएको छ ।
उक्त इन्जिनले २४.१३ बिएचपी पावर र १८.७४ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ । यसमा रोड, रेन र अफरोड गरी कुल तिनवटा राइडिङ मोड राखिएको छ ।
बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक जडान गरिएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यस नयाँ मोडलमा डुअल–च्यानल एबिएस समेत पाउन सकिन्छ । यो ग्लोसी रेसिङ रेड, पर्ल मेटालिक ह्वाइट र एक्टिभ साटिन ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।
भारतिय बजारमा निकै पहिले लन्च भएको यो मोटरसाइकल नेपाली बजारमा भने आउन बाँकी नै छ । नयाँ मोडललाई संभवत यसै वर्ष नेपाल ल्याउन हंसराज हुलासचन्द एण्ड कम्पनीले पहल गर्ने अनुमान गर्न सकिन्छ ।
बजाजले केही समय पहिले भारतीय बजारमा सार्वजनिक गरेको २५० सीसीको पल्सर अब...
भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको...
टु–ह्विल निर्माता कम्पनी बजाजले नयाँ बाइक लन्च गर्ने भएको छ । मिडिया...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...