इलेक्ट्रिक स्कुटर बजाज चेतकको स्पेसल एडिसन लन्च, फुल चार्जमा १३६ किलोमिटरको रेन्ज दिने
बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३२०१ को स्पेसल एडिसन...
काठमाडौं–टोखास्थित स्केटर्स नेपालमा आयोजना भएको ‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । पल्सर आरपीएमले गत जेठ १६ गते उक्त कार्यक्रम अयोजना गरेको थियो ।
युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा ¥याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश गरिएका थिए । ती गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० मा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए । उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।
स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौशल, गति र सन्तुलनले कार्यक्रमको रोमाञ्चलाई थप उचाइमा पुर्याएको थियो ।
आयोजकका अनुसार ‘पल्सर आरपीएम टेकओभर’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको हो ।
एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न उक्त कार्यक्रमले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो ।खखखखखखखखखख
बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३२०१ को स्पेसल एडिसन...
काठमाडौं–चेतक ईभीले नाइमा मोबिलिटी एक्सपाे’ २०२५ मा आफ्नो आधिकारिक एन्थम...
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...