ट्याकटर टायर राखेर पल्सर २२० लाई यसरी गरियो कस्टमाइज


भारतमा एकजना राइडरले आफ्नो पल्सर बाइकमा ट्याक्टर टायर राखेर कस्टमाइज गरेका छन् । पल्सर २२० को अगाडी चक्कामा ट्याक्टर टायर राखेर उनले कस्टमाइज गरेका हुन् । कस्टमाइज गरिएको उक्त बाइकलाई ती राइडरले पिच र कच्ची दुबै सडकमा सहजताका साथ चलाएका छन् । यसरी बाइक चलाउँदा कुनै अफ्ठ्यारो महशुस नभएको समेत उनले बताएका छन् ।

ठूलो आकारको टायर राख्न उनले सस्पेन्सन सहितको फर्क हटाएका छन् भने ट्याक्टर टायरको पांग्राको समेत कस्टमाइज गरेका छन् । ठूलो आकारको टायरलाई सकेट बनाएर जडान गरिएको छ । सकेट बनाइएका कारण यसलाई राइडर आफूले चाहेको बखतमा सहजताका साथ हटाएर पुरानै टायर जडान गर्न सकिन्छ । यसरी कस्टमाइज गरिएको बाइकको अगाडी चक्कामा ब्रेक जडान गरिएको छैन भने यसको ग्राउन्ड क्लिरियन्स समेत अनाबश्क रुपमा बढी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...