डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

बजाज अटोले पल्सर २२० एफको २०२५ संस्करण लन्च गरेको छ । अपडेट गरिएको संस्करणमा डुअल–च्यानल एबिएस जडान गरिएको छ । भारतमा यसको मूल्य १ लाख २८ हजार भारु निर्धारण गरिएको छ ।

२०२५ पल्सर २२० एफमा प्रोजेक्टर हेडल्याम्प, टु–पीस स्टेप्ड सिट र ब्लुटुथ कनेक्टिभिटी सहितको एलसिडी इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध गराइएको छ । पहिले झैं उही सेमी–फेयर्ड डिजाइनमा आएको सो नयाँ संस्करण गोल्डल एक्सेन्टसहित कालो र ओरेन्ज हाइलाइट सहितको गाढा हरियो शेडमा उपलब्ध रहेको छ ।

बाइकमा २२०सीसी, एयर÷आयल कूल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले २० बिएचपी पावर र १८.५ एनएम टर्क प्रदान गर्दछ । इन्जिन ५–स्पीड गियरबक्समा जोडिएको छ ।

बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक अब्जर्बरसहितको सस्पेन्सन सेटअप छ ।

सम्बन्धित समाचारहरू

महालेखाको प्रतिबेदन भन्छ : मोटरसाइकल एसेम्बल गर्दा अर्थतन्त्र र उपभोक्तालाई फाइदा भएन

महालेखाको प्रतिबेदन भन्छ : मोटरसाइकल एसेम्बल गर्दा अर्थतन्त्र र उपभोक्तालाई फाइदा भएन

सरकारले स्वेदशमै सवारी साधन एसेम्बल गर्न प्रोत्साहन गर्दै आइरहेको...

महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

काठमाडौं–बजाज चेतकले नक्सालमा नयाँ स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...