आज र भोलि अटो एभमा सुजुकी दसैं सर्भिस क्याम्प
काठमाडौं – मित्रपार्कस्थित सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभ...
भारतमा हालसालै बिट्टो बाइक मोडिफिकेसनले पल्सर २२० एफलााई मोडिफाई गरेर सुजुकी हायबुसा जस्तै बनाएको छ । जुन अहिले भारतमा निकै चर्चित समेत बनिरहेको छ ।
सुजुकीको निकै नै लोकप्रिय हायाबुसाको बडी किट प्रयोग गरी मोडिफाई गरिएको यो मोटरसाइकलको ह्यान्डल बार ग्रिप्स र बार–इन्ड वेटलाई केही फरक देखाइए पनि स्विच गियर भने पल्सरकै लाई कायम गरिएको छ । यो बाइकमा इन्स्ट्रुमेन्ट क्लस्टर पुरै नयाँ जडान गरिएको छ ।
अगाडीको नम्वर प्लेट होल्डर र एक्जस्ट समेत नयाँ थप गरिएको छ । जहाँ हायबुसा बाइकले जस्तै आवाज दिन बिशेष प्रकारको डुअल एक्जस्ट सिस्टम दिइएको छ । यो बाइकलाई मोडीफाइ गर्न २ लाख भारु खर्च भएको बताइएको छ । मोडिफाई गरिएको यो बाइक हायाबुसाको सेकेन्ड जेनेरशेनबाट प्रेरित रहेको छ ।
सुजुकीको लोकप्रिय सुपर स्पोर्ट बाइक हायबुसा भारतमा समेत निक्कै नै रुचाइएको स्पोर्ट बाइक हो । यो बाइकलाई भारतमा धुम बाइकका रुपमा समेत चिन्ने गरिन्छ । भारतमा अहिले थर्ड जेनेरेशनको हायबुसा उपलब्ध रहँदै आएपनि तत्कालका लागी यसको सम्पूर्ण युनिट सोल्ड आउट भैसकेको जनाइएको छ ।
यो बाइकको अधिकतम पावर १९७ पिएस र टर्क १३८.७ एनएम रहेको छ । जवकी पल्सर २२० एफको पावर २०.४ पिएस र टर्क १८.५५ एनएम रहेको छ ।
काठमाडौं – मित्रपार्कस्थित सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर अटो एभ...
मारुती सुजुकीले फ्यूल पम्प मोटर कम्पोनेन्टमा हुने सम्भावित त्रुटिका कारण...
मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...