एबीएस र एफआई इन्जिनको पल्सर २०० एनएस, प्रत्येक महिना १० हजार बुझाएर लिन सकिने

काठमाडौं – बजाजले हालै एबीएस र एफआई इन्जिन सहितको पल्सर २०० एनएस बाइक नेपाली बजारमा उपलब्ध गराएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक नेपाली बजारमा उपलब्ध गराएको हो ।

बजाजको यो बाइकमा २०० सीसीको लिक्विड कुल्ड फोर स्ट्रोक, एसओएचसी फोरभल्व, ट्रिपल स्पार्क, डीटीएस–आई इन्जिन छ । यसले २३.५ पीएस पावर र १८.३ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स जडान गरिएको छ ।

बाइकमा सिंगल च्यानल एबीएस सिस्टम छ भने १६९ एमएम ग्राउन्ड क्लियरेन्स छ । नेपाली बजारमा पहिले देखि प्रचलित पल्सर २०० एनएस भन्दा यसमा मुख्य गरी दुई कुरा फरक छ : अन–बोर्ड सिंगल च्यानल एबीएस र एफआई इन्जिन । त्यसैगरी यो ट्रिपल स्पार्क इग्निसन सिस्टम र लिक्विड–कुल्ड इन्जिनमा उपलब्ध छ ।

पल्सर २०० एनएस एबीएस एफआईको नेपाली बजारमा मूल्य ३ लाख ६४ हजार ९ सय रुपैयाँ तोकिएको छ । हाल नयाँ स्किम अन्तर्गत बजाजका कुनै पनि बाइक किन्नका लागि ५० प्रतिशत रकम शुरुमा बुझाएर बाँकी रकम १८ महिना सम्म शून्य प्रतिशत ब्याजदरले बुझाउन सकिन्छ ।

यसका आधारमा कुनै ग्राहकले यो बाइक किन्नु परेमा शुरुमा बाइकका लागि १ लाख ८२ हजार ४५० रुपैयाँ बुझाए पुग्छ । तर पहिलो किस्ता बुझाउँदा पहिलो महिनाको किस्ताका साथै अग्रिम कर, सेवा शुल्क, फुल इन्स्योरेन्स, नामसारी आदि समेत गर्नुपर्छ । यसका साथै फाइनान्सको लागि खाता समेत खोल्नु पर्छ । यो अवस्थामा पहिलो महिनाको किस्ता र अन्य रकम गरी करिव २७ हजार रुपैयाँ समेत थप बुझाउनु पर्छ ।

बाँकी रकम १८ महिना सम्म प्रत्येक महिना १० हजार १३६ रुपैयाँको दरले बुझाउन सकिने कम्पनी स्रोतले बताएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...