भोली प्रोटोन एक्स ५० को औपचारिक लन्च हुने

प्रोटोन गाडीको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले भोली नयाँ एसयुभी प्रोटोन एक्स ५० लाई औपचारिक लन्च गर्ने भएको छ । १ महिना अगाडी नै नेपाल भित्रिएको यो एसयुभीलाई कम्पनीले नेपाली सडकमा परिक्षण गर्दै आएको थियो । सोही क्रममा केही दिन पहिले मिडिया टेष्ट ड्राइभको समेत आयोजना गरिएको थियो । यो एसयभीको मूल्य समेत कम्पनीले यसअघि नै सार्बजनिक गरिसकेको छ ।

स्ट्यान्डर्ड, प्रिमियम र फ्ल्यागसिप गरी तीन भेरिएन्टमा उपलब्ध यो एसयुभीको मूल्य क्रमश ७१ लाख ९९ हजार, ७९ लाख ९९ हजार र ८४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो नयाँ एसयुभी समेत थप भएपछि मलेसियन ब्रान्ड प्रोटोनको नेपाली बजारमा २ वटा एसयुभी र एउटा सेडान गरी कुल तीन मोडल उपलब्ध हुनेछ । कम्पनीले यसअघि एक्स ७० एसयुभी र सागा सेडानको कारोबार गर्दै आइरहेको थियो ।

१.५ लिटर टीजीडीआई इन्जिन जडान यसको माथिल्लो भेरियन्ट अर्थात फ्ल्यागसिप मोडलले १७७ पीएस पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ भने स्ट्यान्डर्ड र प्रिमियम भेरिएन्टमा रहेको इन्जिनले १५० पीएस पावर र २२६ एनएम टर्क जेनेरेट गर्छ ।

यो नयाँ एसयुभीमा रिमोट इन्जिन स्टार्ट, अटो पार्क असिस्ट, फ्रन्ट वेलकम ल्याम्प, फरवार्ड कोलिजन वार्निङ, आईसीसी अर्थात इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, बीएलआईएस अर्थात ब्लाइन्ड स्पट इन्फर्मेसन सिस्टम, आईएचबीसी अर्थात इन्टेलिजेन्ट हाई बिम कन्ट्रोल र भ्वाइस कमान्ड लगायत अन्य प्रशस्तै आधुनिक फिचर्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

ललितपुरका २५ स्थानमा टीभीएस रेडरको टेस्ट राइड चल्दै

ललितपुरका २५ स्थानमा टीभीएस रेडरको टेस्ट राइड चल्दै

काठमाडौं – ललितपुरका विभिन्न २५ स्थानमा टीभीएस रेडर मोटरसाइकलको टेस्ट...

टीभीएसद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, ६० मिनेटभित्रै स्पेयर पार्ट्सको सुबिधा

टीभीएसद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा, ६० मिनेटभित्रै स्पेयर पार्ट्सको सुबिधा

काठमाडौं — टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

१२५ सीसीका साथ अझै पावरफुल बनेर आयो टीभीएस जुपिटर स्कुटर

१२५ सीसीका साथ अझै पावरफुल बनेर आयो टीभीएस जुपिटर स्कुटर

टीभीएस मोटर कम्पनीले भारतमा बिहीबार बहुप्रतीक्षित स्कुटर टीभीएस जुपिटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...