भारतमा लन्च भएको नयाँ फोर्स गोर्खा तिहार लगत्तै नेपाल आउने, मूल्य ६० लाख देखि ६५ लाख पर्ने
काठमाडौं – भारतमा हिजो मात्रै लन्च भएको नयाँ जेनेरेसन फोर्स गोर्खा तिहार...
मलेसियन अटो मेकर प्रोटोनको सब कम्प्याक्ट एसयुभी एक्स५० नेपाल आउने भएको छ । यो एसयुभीलाई केही समयभित्रै नेपाल भित्राउने तयारी थालिएको आधिकारिक बितरक जगदम्बा मोटर्स स्रोतले जनाएको छ । यसअघि सागा सेडान र एक्स७० एसयुभी आयत गरी कारोबार गर्दै आएको कम्पनीले भित्राउन लागेको यो नयाँ एसयुभीको फ्ल्यागसिप मोडलमा १.५ लिटर टिजिडिआई इन्जिन जडान गरिएको छ ।
जसको अधिकतम पावर १७७ पिएस र टर्क २५५ एनएम रहेको छ । म्यानुअल मोड सहितको ७ स्पिड डुअल क्लच ट्रान्समिसन, ३ प्रकारका ड्राइभिङ मोड, इलेक्ट्रिक पार्किङ ब्रेक र अटो ब्रेक होल्ड जस्ता फिचर्स उपलब्ध गराइइको यो एसयुभीको इन्जिनलाई रिमोटको साहायतामा स्टार्ट गर्न सकिन्छ ।
स्टाइलिस डिजाइनमा निर्माण गरिएको यो एसयुभी डुअल टोन कलरमा उपलब्ध रहँदै आएको छ । पूर्णत एलइडी हेडल्याम्प, १८ इन्चको एलोई ह्विल र पानारोमिक सनरुफ जस्ता फिचर्सले यसको एक्सटेरियरलाई आकर्षक र स्पोर्टी देखाएको छ ।
प्रोटोन लिंक एपमार्फत यो एसयुभीलाई रिमोट कन्ट्रोलबाटै स्टार्ट गर्न र एसीलाई कन्ट्रोल गर्न सकिन्छ । यो एसयुभीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ ।
जसको सहायतामा भ्वाइस कमान्ड, अनलाईन नेभिगेसन, अनलाईन म्युजिक स्ट्रिमिङ एन्ड वेदर फोरकास्ट र स्मार्ट फोन कनेक्टिभिटी जस्ता फिचर्स प्रयोग गर्न सकिन्छ । चालक र यात्रुको सहजताका लागी बिभिन्न डिभाइसहरुलाई चार्ज गर्न क्याबिनको अगाडी एउटा र पछाडी २ वटा युएसबी पोर्ट उपलब्ध गराइएको छ । यसको इन्टेरियरलाई आकर्षक डुअल टोन कलरमा समायोजन गरिएको छ ।
एसियन एनक्यापले गरेको क्र्यास टेस्टमा ५ स्टार सेफ्टि रेटिङ हात पार्न सफल यसमा ६ वटा एसआरएस एयर ब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, अटोनोमस इमर्जेन्सि ब्रेकिङ, स्टप एन्ड गो सहितको एडप्टिभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, ब्लाइन्ट स्पट इन्फर्मेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो पार्क एसिस्ट र ३६० क्यामेरा लगायत अन्य थुप्रै सेफ्टि फिचर्स उपलब्ध छ ।
गाडीमा सवार चालकको कम्फर्टका लागि ड्राइभर पावर सिट, अटो एयर कन्डिसनिङ, रियर एयर भेन्ट, एन९५ क्याबिन फिल्टर र अटो रेन सेन्सिङ फ्रन्ट वाइपर दिइएको छ । अन्तराष्ट्रिय बजारमा स्टान्डर्ड, एक्ज्युकेटिभ, प्रिमियम र फ्ल्यागसिप गरी कुल ४ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य नेपाली बजारमा ७५ लाख रुपैयाँदेखी शुरु हुने अनुमान लगाइएको छ ।
काठमाडौं – भारतमा हिजो मात्रै लन्च भएको नयाँ जेनेरेसन फोर्स गोर्खा तिहार...
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
इकोस्पोर्ट एसयूभीको अन्तिम युनिट फोर्ड इन्डियाको चेन्नई उत्पादन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...