यस्तो छ नेपाल आउने तयारीमा रहेको प्रोटोन एक्स५०

मलेसियन अटो मेकर प्रोटोनको सब कम्प्याक्ट एसयुभी एक्स५० नेपाल आउने भएको छ । यो एसयुभीलाई केही समयभित्रै नेपाल भित्राउने तयारी थालिएको आधिकारिक बितरक जगदम्बा मोटर्स स्रोतले जनाएको छ । यसअघि सागा सेडान र एक्स७० एसयुभी आयत गरी कारोबार गर्दै आएको कम्पनीले भित्राउन लागेको यो नयाँ एसयुभीको फ्ल्यागसिप मोडलमा १.५ लिटर टिजिडिआई इन्जिन जडान गरिएको छ ।

जसको अधिकतम पावर १७७ पिएस र टर्क २५५ एनएम रहेको छ । म्यानुअल मोड सहितको ७ स्पिड डुअल क्लच ट्रान्समिसन, ३ प्रकारका ड्राइभिङ मोड, इलेक्ट्रिक पार्किङ ब्रेक र अटो ब्रेक होल्ड जस्ता फिचर्स उपलब्ध गराइइको यो एसयुभीको इन्जिनलाई रिमोटको साहायतामा स्टार्ट गर्न सकिन्छ ।

स्टाइलिस डिजाइनमा निर्माण गरिएको यो एसयुभी डुअल टोन कलरमा उपलब्ध रहँदै आएको छ । पूर्णत एलइडी हेडल्याम्प, १८ इन्चको एलोई ह्विल र पानारोमिक सनरुफ जस्ता फिचर्सले यसको एक्सटेरियरलाई आकर्षक र स्पोर्टी देखाएको छ ।
प्रोटोन लिंक एपमार्फत यो एसयुभीलाई रिमोट कन्ट्रोलबाटै स्टार्ट गर्न र एसीलाई कन्ट्रोल गर्न सकिन्छ । यो एसयुभीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ ।

जसको सहायतामा भ्वाइस कमान्ड, अनलाईन नेभिगेसन, अनलाईन म्युजिक स्ट्रिमिङ एन्ड वेदर फोरकास्ट र स्मार्ट फोन कनेक्टिभिटी जस्ता फिचर्स प्रयोग गर्न सकिन्छ । चालक र यात्रुको सहजताका लागी बिभिन्न डिभाइसहरुलाई चार्ज गर्न क्याबिनको अगाडी एउटा र पछाडी २ वटा युएसबी पोर्ट उपलब्ध गराइएको छ । यसको इन्टेरियरलाई आकर्षक डुअल टोन कलरमा समायोजन गरिएको छ ।

एसियन एनक्यापले गरेको क्र्यास टेस्टमा ५ स्टार सेफ्टि रेटिङ हात पार्न सफल यसमा ६ वटा एसआरएस एयर ब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, अटोनोमस इमर्जेन्सि ब्रेकिङ, स्टप एन्ड गो सहितको एडप्टिभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, ब्लाइन्ट स्पट इन्फर्मेसन सिस्टम, इन्टेलिजेन्ट हाइ बिम कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटो पार्क एसिस्ट र ३६० क्यामेरा लगायत अन्य थुप्रै सेफ्टि फिचर्स उपलब्ध छ ।

गाडीमा सवार चालकको कम्फर्टका लागि ड्राइभर पावर सिट, अटो एयर कन्डिसनिङ, रियर एयर भेन्ट, एन९५ क्याबिन फिल्टर र अटो रेन सेन्सिङ फ्रन्ट वाइपर दिइएको छ । अन्तराष्ट्रिय बजारमा स्टान्डर्ड, एक्ज्युकेटिभ, प्रिमियम र फ्ल्यागसिप गरी कुल ४ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य नेपाली बजारमा ७५ लाख रुपैयाँदेखी शुरु हुने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

डिएफएसके ग्लोरी ५६० को खरिदमा ३ लाख ५० हजार नगद छुट

डिएफएसके ग्लोरी ५६० को खरिदमा ३ लाख ५० हजार नगद छुट

डिएफएसके मोटर्सको नेपालका लागि आधिकारिक बितरक कुजु नेपालले नयाँ बर्ष अफर...

फोर्डका आकाश गोल्छा भन्छन्, ‘सर्भिस र स्पेयर पार्ट्समा समस्या आउन दिने छैनौ’

फोर्डका आकाश गोल्छा भन्छन्, ‘सर्भिस र स्पेयर पार्ट्समा समस्या आउन दिने छैनौ’

काठमाडौं – फोर्डले भारत छाड्ने निर्णय गरेपछि पहिलोपटक नेपालस्थित...

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरामा अक्सिजन प्लान्ट निर्माण समितिको संरक्षकमा मेयर जिसी र संयोजकमा बतास

पोखरा – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...