धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

काठमाडौं - जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले शुक्रबार धनगढीको बोराडाँडीमा नयाँ शोरूमको उद्घाटन गरेको छ ।

यस अवसरमा ब्रान्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको थियो, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साहलाई झनै सुदृढ बनाएको छ ।

उद्घाटन गरिएको यो अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा केन्द्रले ग्राहकलाई सबै सेवा एकै छानामुनि उपलब्ध गराउनेछ । धनगढीका ग्राहकहरूलाई पनि देशभरका अन्य केन्द्रहरू सरह प्रिमियम मापदण्डमा आधारित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

शाेरूमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले गरे । कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा रिबन काट्ने, उत्पादन प्रदर्शन र सवारी हस्तान्तरण जस्ता गतिविधिले उपस्थितहरूको आकर्षण र उत्साह थप बढाएको थियो ।

उद्घाटन समारोहमा केही ईमासका विद्यमान मालिकहरूले आफ्ना सकारात्मक अनुभवहरू साझा गरेका थिए, जसले नयाँ ग्राहकहरूलाई तत्काल बुकिङका लागि प्रेरित गरेको बताइएको छ ।

यस अवसरमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, 'धनगढी शोरूम शैली, प्रदर्शन र दिगोपनासँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो। धनगढीका बासिन्दाहरूको प्रोटोन ईमास ब्रान्डप्रतिको जोश र हरित भविष्यप्रतिको विश्वासले हामीलाई गहिरो प्रेरणा दिएको छ ।'

धनगढीमा शोरूम सञ्चालनसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो सञ्जाल अझ मजबुत बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिको लक्ष्यतर्फ आत्मविश्वासपूर्वक अघि बढेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने, यस्तो हुनेछ विशेषता

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल अक्टोबर १५ मा लन्च हुने, यस्तो हुनेछ विशेषता

टीभीएसको नयाँ एड्भेन्चर मोटरसाइकल आगामी अक्टोबर १५ मा लन्च हुने भएको छ ।...

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

यस्तो छ टीभीएस एनटर्कको ६ वटै भेरिएन्टको मूल्य

काठमाडौं– टीभीएस एनटर्कले टु–ह्विलर बजारमा पछिल्लो समय निकै राम्रो चर्चा...

४ लाख ५० हजारभन्दा कम मूल्यमा बिक्री सुरु हुँदै टीभीएस रोनिन

४ लाख ५० हजारभन्दा कम मूल्यमा बिक्री सुरु हुँदै टीभीएस रोनिन

काठमाडौं–नेपाली बजारमा निकै लामो समयदखी प्रतिक्षा गरिँदै आएको टीभीएस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...