भोलि नेपाली बजारमा लन्च हुने भयो प्रोटोन सागा

काठमाडौं – नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भोलि पुस २९ अर्थात जनवरी १३ का दिन भर्चुअल माध्यमबाट प्रोटोन गाडी सार्वजनिक गर्ने घोषणा गरेको छ । मलेसियन अटोमोबाइल कम्पनी प्रोटोनलाई नेपालमा निकै नै उत्साहका साथ लिइएको र यसको बहुप्रतीक्षित मोडल ‘प्रोटोन साँगा’ सो अवसरमा लन्च गरिने कम्पनीको भनाइ छ ।

भर्चुअल लन्च कार्यक्रम साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने छ । उक्त कार्यक्रममा सहभागी बन्नका लागि प्रोटोन कार्स नेपालको फेसबुक पेजमा गइ त्यहाँ दिइएको The New PROTON SAGA Virtual Launch event मा क्लिक गरि Going अथवा Interested मा क्लिक गर्नुपर्ने हुन्छ ।

प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५ मा प्रोटोन सागाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा बिक्री–वितरण गर्दै सफलता हासिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन् भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।

प्रोटोन सागा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान रहेको छ । यसको एक्सटेरियर देखि लिएर इन्टेरियरसम्म सबैको ध्यानाकर्षण गर्न योग्य रहेको छ । यसमा समाहित १.३ लिटरको भीभीटी इन्जिन १२९९ सीसीको रहेको छ जसको पावर क्षमता अरुसँग अतुलनिय रहेको कम्पनीको भनाइ छ ।

मनोरञ्जन विधाका लागि यसमा नयाँ स्मार्टफोन कनेक्टिभिटी जस्तो विशेष सुविधा जडान गरिएको छ, जसले ड्राइभिङ्गका क्रममा ड्राइभरलाइ मनोरञ्जन प्रदान गरिरहन्छ । यसमा रहेको ४२० लिटर क्षमताको ट्रंक रिलिज कतै यात्रा गर्दा आफूले चाहेजति सामान अथवा लगेजहरु अटाउनका लागि काफी छ भने इन्टेरियरमा भएको एन ९५ फिल्टरले दुषित हावाबाट यात्रु र गाडीलाई जोगाइ राख्दछ । यसैगरी अगाडि बस्ने चालक र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै यसमा एसआरएस एयरब्यागको समेत सुविधा रहेको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...