नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन ईमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयुभी

काठमाडौँ– प्रोटोन ईमास ७ नेपाली बजारमा उपलब्ध एक लोकप्रिय इलेक्ट्रिक एसयुभी हो । यस ईभीले नेपाली बजारमा उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको कम्पनीको भनाई छ ।

मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधनको रूपमा परिचित ईमास ७, प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिमार्फत नेपालमा उपलब्ध छ ।

ईमास ७ को प्रमुख विशेषताका रुपमा यसमा जडान गरिएको एइजिस सर्ट ब्लेड ब्याट्रीलाई लिन सकिन्छ, जुन हाल उपलब्ध अत्याधुनिक ब्लेड टाइप लिथियम आयरन फस्फेट ब्याट्री प्रविधिमध्ये एक हो ।

यस नयाँ पुस्ताको ब्याट्रीले उच्च ऊर्जा घनत्व प्रदान गर्दै लामो ड्राइभिङ रेन्ज सुनिश्चित गर्दछ भने यसको लामो साइकिल लाइफले दीर्घकालीन टिकाउपन र प्रदर्शनमा स्थिरता प्रदान गर्दछ । एइजिस सर्ट ब्लेड ब्याट्रीले उच्च चार्जिङ दक्षता पनि प्रदान गर्दछ ।

यसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र २० मिनेटमै चार्ज गर्न सक्ने क्षमता राख्दछ, जसले चार्जिङ समय उल्लेखनीय रूपमा घटाउँने कम्पनीको भनाई छ । साथै, सुरक्षालाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यस ब्याट्रीमा आगो प्रतिरोधी संरचना रहेको छ, जसले चालक तथा यात्रु दुवैका लागि थप सुरक्षित बनाउछ ।

यसका साथै, ब्याट्रीको लेआउटका कारण प्रदर्शनमा सम्झौता नगरी इन्टेरियर क्याबिन स्पेस अधिकतम बनाइएको छ । छिटो चार्जिङ क्षमतासँगै न्यू युरोपियन ड्राइभिङ साइकल (एनइडिसी) प्रमाणित ४९२ तथा ५८५ किलोमिटरसम्मको प्रभावशाली ड्राइभिङ रेन्ज प्रदान गर्ने ईमास ७ दैनिक शहरी यात्रादेखि लामो दूरीका यात्रासम्मका लागि उपयुक्त रहेको छ ।

ईमास ७ को सुरुवातसँगै, प्रोटोन नेपालले नेपाली बजारको आवश्यकता अनुसार आधुनिक, सुरक्षित तथा दिगो इलेक्ट्रिक मोबिलिटी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

सम्बन्धित समाचारहरू

दुईपांग्रे इलेक्ट्रिक सवारी साधनमा ब्याट्रीको स्वामित्व बुझ्न जरुरी, यस्तो छ सम्भावना

दुईपांग्रे इलेक्ट्रिक सवारी साधनमा ब्याट्रीको स्वामित्व बुझ्न जरुरी, यस्तो छ सम्भावना

नेपालले दिगो यातायाततर्फको विश्वव्यापी ट्रेन्डलाई अँगाल्दै गर्दा...

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, खुल्यो बुकिङ

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, खुल्यो बुकिङ

काठमाडौं – शशिला मोटर्स प्रालिले भेन्चे (Vanche) ब्रान्डको २२ सिट क्षमताको नयाँ...

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्ज – नेपालगञ्जमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...