एक्सपेङ मोना एल०५ को रेन्ज टेस्टमा नयाँ रेकर्ड, एकैपटकमा पार गर्यो ११९४ किलोमिटर
इलेक्ट्रिक र हाइब्रिड कार बजारमा अटोमोटिभ मिडिया प्लेटफर्मले आयोजना...
काठमाडौं– नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि प्रोटन इमास–७ ले पश्चिमतर्फको यात्रा सुरु गरेको छ ।
नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास–७ ले पूर्वका दर्शकहरूलाई मोहित पारेको कम्पनी भनाई छ ।
विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास–७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउने विश्वास कम्पनीले लिएको छ ।
पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको कम्पनी दाबी छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सका अनुसार, यात्रा अबधीभर गाडीले प्रयोगकर्ता, वातावरणविद र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । जसमध्ये सबैले यसको पर्यावरण–मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेका छन् ।
भ्रमणका क्रममा धेरै भन्दा धेरै इभीका पारखीले प्रत्यक्ष रूपमा गाडीको अनुभव गर्न पाउने छन्, जसले नवीनता र दिगोपनमार्फत नेपालको अटोमोटिभ परिदृश्यमा क्रान्तिकारी परिवर्तन गर्ने प्रोटोनको प्रतिबद्धतालाई बल पु-याउँछ ।
‘पूर्वी क्षेत्रबाट आएको अत्यधिक प्रतिक्रियाबाट हामी उत्साहित छौं र पश्चिमी नेपालमा प्रोटोन इमास–७ ल्याउन उत्सुक छौं । हाम्रो लक्ष्य देशको विकसित गतिशीलता आवश्यकताहरू पूरा गर्ने भरपर्दो, कुशल र वातावरणमैत्री समाधान प्रदान गर्नु हो’ कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...