लुयान इलेक्ट्रिक स्कुटर किन्दा १५ हजार नगद छुट
काठमाडौं–लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष...
मोटर क्षमताका आधारमा कर निर्धारण हुने प्रावधानसँगै अधिकांश विद्युतीय गाडी पावर घटेर नेपाल आए । उत्पादक कम्पनीले गाडीको साइज, ब्याट्री र पर्फमेन्सलाई आधार मानेर कति पिक पावर भएको मोटर जडान गर्नुपर्छ भन्ने निक्र्योल गरेका हुन्छन् । तर, नेपालमा मोटर क्षमता धेरै भएका ईभीमा कर बढी पर्ने र यसले गाडीको मूल्य महंगो बनाउने भन्दै धेरै आयातकर्ताले मोटर नै घटाएर ईभी ल्याए ।
तर, पछिल्लो समय नेपाल भित्रिएको प्रोटोन ईमास ७ भने पावर नघटिकनै नेपाल आएको छ । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मलेसियन बजारमा बिक्री हुँदै आएको १६० किलोवाटकै मोटरमा ईमास ७ लाई नेपाल ल्याएको हो । १६० किलोवाट पीक पावर भएको मोटर जडान भएपनि यसको मूल्य भने निकै प्रतिस्पर्धात्मक छ । प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यस्तो छ फिचर, रेन्ज र ब्याट्री
ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन अर्थात ईभी हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । त्यसैगरी यसममा नयाँ पुस्ताको एजिस शर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ ।
सुरक्षाका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई ० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । त्यसैगरी १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ ।
ईमास ७ को प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटर सम्म चलाउन सकिन्छ ।

कारको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास ७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ । एसिएन एनक्यापको सेफ्टी टेष्टमा फाइभ स्टार रेटिङ पाउन सफल यस कारमा सुरक्षाका लागि लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स र ३६० डिग्री भ्यु क्यामेरासहित अन्य थुप्रै सेफ्टी फिचर पाउन सकिन्छ ।
यी ईभीसँग प्रतिस्पर्धा
निकै नै प्रतिस्पर्धात्मक सेग्मेन्टमा आएको ईमास ७ ले बजारमा स्थापित भैसकेका बीवाईडी एट्टो ३ र ओमोडा ई५ देखि हालै बिक्री सुरु भएका जीएसी एवोन भी, टाटा कर्भ र एमजी एस५ लगायत ईभीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
प्रोटोन ईमास ७ को सबैभन्दा ठूलो प्रतिस्पर्धीका रुपमा बीवाईडी एट्टो ३ लाई लिन सकिन्छ । यी दुई ईभीको ब्याट्री प्याक र मुल्य समेत लगभग उस्तैउस्तै छ । ४९.९२ र ६७.८० किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध एट्टो ३ को मूल्य ५६ लाख ९० हजार र ६७ लाख ८० हजार निर्धारण गरिएको छ । जुन ईमास ७ को तुलनामा केही सस्तो समेत पर्छ । विद्युतीय एसयूभीमा निकै राम्रो पकड बनाएको र ईभी इकोसिस्टम समेत तयार भैसकेका कारण बीवाईडी एट्टो ३ को बजार स्थापित भैसकेको छ ।
यसैगरी, प्रोटोन ईमास ७ को प्रतिस्पर्धीका रुपमा हेरिएको ओमोडा ई५ मा ६१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसको सुरुवाती मूल्य ६१ लाख ९९ हजार रुपैयाँ पर्छ । ओमोडा, नेपाल आएको एक वर्ष पुरा भएको अवसरमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ३ लाख नगद छुट सहित २ लाख १५ हजार रुपैयाँ बरावरको अतिरिक्त लाभ दिएका कारण ई५ झनै सस्तो भएको छ ।
अर्को ईभी ब्रान्ड जिएसीको एवोन भी मोडल समेत ईमास ७ को प्रतिस्पर्धी हो । ६२.७ र ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध एवोन भीको मूल्य ६५ लाख र ७० लाख निर्धारण गरिएको छ । ब्याट्री प्याकका आधारमा एवोन भी यही सेग्मेन्टका अन्य ईभीको तुलनामा केही मजबुत देखिन्छ ।
टाटा मोटर्सले हालै लन्च गरेको कर्भ ईभीले पनि प्रोटोन ईमास ७ लाई टक्कर दिने देखिन्छ । कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसको मूल्य ५७ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, हालै नेपाल आएर बिक्री सुरु भएको एमजी एस५ को लङ रेन्ज भेरिएन्टलाई पनि ईमास ७ को प्रतिस्पर्धीको रुपमा लिन सकिन्छ । एमजी एस५ को लङ रेन्ज भेरिएन्टमा ६२.२ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने यसको मूल्य ५५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं–लुयान नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि विशेष...
काठमाडौं – नेपाली बजारमा बाउन्स इन्फिनिटी, फ्युचर ग्रिन ईभी, वान...
काठमाडौं– लिपमोटरको बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी बी१० तातोपानी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...