चिनियाँ रोल्स रोयसको उपमा पाएको हङसी ब्रान्ड नेपाल आयो, नाइमा एक्सपोमा प्रदर्शन गरिने
काठमाडौं– चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल आएको छ । चीनमा ‘उच्च...
काठमाडौं–प्रोटोनको वहुप्रतिक्षित विद्युतीय कार ईमास५ औपचारिक रुपमा लन्च भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक कार्यक्रम आयोजना गरी ईमास५ लन्च गरेको हो । प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध यस ह्याचब्याक कारको मूल्य क्रमशः २९ लाख ९९ हजार र ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
ईमास५ को प्राइम भेरिएन्टमा ३०.१२ किलोवाट आवर तथा प्रिमियम भेरिएन्टमा ४०.१६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एकपटकको फुलचार्जमा क्रमशः २२५ किमी र ३२५ किमी रेन्ज दिने दाबी गरिएको छ । यसको प्राइम भेरिएन्टमा ५८ किलोवाट र प्रिमियम भेरिएन्टमा ८५ किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ ।
यस कारको इन्टेरियरमा १४.६ इन्चको स्क्रिन, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेयरिङ ह्विल, ५० वाटको वायरलेस चार्जर, एम्बियन्ट लाइट र किलेस इन्ट्री लगायत फिचर पाउन सकिन्छ । सुरक्षाका लागि कारमा ६ वटा एयरब्याग, एडास फिचर र ३६० डिग्री क्यामेरा राखिएका छन् ।
ईमास५ विश्वका अग्रणी अटो निर्मातामध्ये एक तथा विद्युतीय सवारी प्रविधिमा अग्रणी जिलीसँगको प्रोटोनको रणनीतिक सहकार्यमा उत्पाद गरिएको कार हो ।
यस कारले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेइकल अफ द इयर अवार्डमा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर, २०२६’ उपाधि प्राप्त गरिसकेको छ ।
ईमास ५ आफ्नो सेगमेन्टमा नेपालमा पहिलोपटक ‘रियर–ह्विल–ड्राइभ’ प्रणाली भएको इलेक्ट्रिक ह्याचब्याक कार हो, जसले यसलाई बजारमा उपलब्ध अन्य प्रतिस्पर्धीभन्दा फरक र आकर्षक बनाउँने विश्वास लिइएको छ । यो गाडी मूलतः सहरी जीवनशैली र दैनिक आवतजावतलाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...