टीभीएस आईक्युबको ग्रिन रेभोलुसन राइड सम्पन्न, ४ महिनामा गुड्यो १ लाख किलोमिटर
काठमाडौँ – नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा...
काठमाडौं – चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भारि दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना सार्वजनिक गरेको छ । उक्त योजना यहि भदौ १७ गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहने कम्पनीको भनाइ छ ।
योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा १ लाख, २ लाखसम्म मात्र नभएर ६ लाख सम्मको अफरयुक्त दक्षिणा प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । यसैगरी पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० हजार रुपैयाँ सम्म छुटको व्यवस्था गरेको छ ।
प्रोटोन ‘दशैँ–दक्षिणा’ योजना अन्तर्गत ग्राहकले आकर्षक ब्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन्, जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले इन–हाउस पÞmाइनान्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ । यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले विभिन्न पार्टपुर्जा तथा चाहिने उपकरणहरु समेत सित्तैमा प्राप्त गर्ने छन् ।
चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ राखिएको छ भने प्रोटोन एक्स७० को सुरुवाती मुल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागू हुने बताइएको छ ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेसियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो, जसले सन् १९८५ मा प्रोटोन सागाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हासिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन् भने यसका लगभग ४४ लाख प्रयोगकर्ता रहेका छन् ।
काठमाडौँ – नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा...
टीभीएस एनटर्क स्कुटर अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट भन्दा बढी बिक्री...
काठमाडौं – कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...