बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स ह्याचब्याकलाई स्वीकृति प्रदान गरेको छ । ओसन सिरिज अन्तर्गत प्योर इलेक्ट्रिक सेडानको रुपमा उपलब्ध गराइने सो कार गत महिना बेइजिङ अटो शोमा सार्वजनिक गरिएको बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन भएको बताइएको छ ।

हाल बीवाईडीले सिल फेमिली अन्तर्गत सिल ०६, सिल ईभी, सिल डीएम–आई र सिल युु उपलब्ध गराइरहेको छ । अप्रिल महिनाको तथ्यांक अनुसार ओसन सिरिजको बिक्रीमा सिल फेमिलीको योगदान १०.२६ प्रतिशत रहेको छ । अब यो फेमिलीमा बीवाईडी सिल एक्स समेत थपिने भएको छ ।

बीवाईडी सिलको लम्बाई, चौडाई र उचाई क्रमशः ४६३० एमएम, १८८० एमएम र १४९० एमएम छ भने ह्विलबेस २८२० एमएम छ । यसको अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा हुनेछ । यो गाडी रियल ह्विल र फोर ह्विल ड्राइभमा उपलब्ध हुनेछ ।

बीवाईडी सिल एक्सको सिंगल मोटर मोडलको पावर १६० किलोवाट र ड्युुअल मोटर मोडलको पावर ३१० किलोवाट सम्म हुनेछ । यसमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग हुनेछ ।

यसको पावरट्रेन र अन्य जानकारी भने हाल सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचारहरू

जम्बो इको भेइकलको ७ हजार देखि १० लाख सम्मको दशैं तिहार जम्बो अफर

जम्बो इको भेइकलको ७ हजार देखि १० लाख सम्मको दशैं तिहार जम्बो अफर

काठमाडौं – नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात...

इलेक्ट्रि भ्यान एसआरएममा दर्शकको आकर्षण, यस्ता छन् विशेषता

इलेक्ट्रि भ्यान एसआरएममा दर्शकको आकर्षण, यस्ता छन् विशेषता

पूजा कन्स्ट्रक्सन नेपालले प्रदर्शनीमा राखेको एसआरएम ब्रान्डका विद्युतीय...

ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

काठमाडौं– चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...