फेरि देखियो प्रोडक्सन रेडी जस्तै देखिने रोयल इन्फिल्ड हिमालयन ४५०

रोयल इन्फिल्डले आगामी दिनमा बजारमा ल्याउने तयारी गरिरहेको बाइक हिमालयन ४५० फेरि टेस्टिङको क्रममा देखिएको छ । युकेको पेट्रोल स्टेशनमा देखिएको सो बाइक यस पटक कुनै क्यामोफ्ल्याग विनै देखिएको छ र लगभग प्रोडक्सन रेडी जस्तै देखिन्छ ।

स्पाई सटका अनुसार पहिले नै सो एड्भेन्चर बाइकको वारेमा आएका केही समाचार सत्य भएको पुष्टि गरेको छ । यसको फ्रन्टमा अपसाइड डाउन फ्रन्ट फोर्क्स हुनेछ भने रियरमा मोनोसक हुनेछ । त्यसैगरी यसको फ्रन्टमा करिव २१ इन्च र रियरमा १७ इन्चको वायर स्पोक ह्विल हुनेछ । मोनोसक लामो भएकाले यसको सिटको उचाई पनि केही कम हुनेछ ।

यसको सिलिन्डर हेड भन्दा ठिक अगाडि एउटा रेडिएटर पनि देखिन्छ । यसका आधारमा अन्य रोयल इन्फिल्ड बाइक जस्तै यसमा पनि लिक्विड–कुल्ड इन्जिन हुने अनुमान गर्न सकिन्छ । तस्बिरमा एउटा ठूलो भर्टिकल तरिकाको इन्स्ट्रयुमेन्ट क्लस्टर देख्न सकिन्छ ।

हाल बजारमा उपलब्ध हिमालयन ४११ को तुलनामा ४५० मा ठूलो इन्धन ट्यांकी हुनेछ । त्यसैगरी एक्जस्ट इन्ड क्यान र फरक खालको टेल सेक्सन हुनेछ । डिजाइन भने धेरै फरक देखिदैन ।

हिमालयन ४५० ड्युअल च्यानल एबीएस, सबैतिर एलईडी लाइटिङ र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर हुनेछ ।

यद्यपि यो बाइक अर्को वर्ष मात्र बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । नेपाली बजारमा पनि यो बाइक त्यसपछि मात्र उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड मोटरसाइकल अब नेपालमै बन्ने घोषणा

रोयल इन्फिल्ड मोटरसाइकल अब नेपालमै बन्ने घोषणा

काठमाडौं – विश्व प्रसिद्ध मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डको उत्पादन अब...

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले...

यस्तो छ क्लासिक ३५० को क्रोम र डार्क एडिसन(मूल्य सहित)

यस्तो छ क्लासिक ३५० को क्रोम र डार्क एडिसन(मूल्य सहित)

काठमाडौं– रोयल इन्फिल्डको सर्बाधिक लोकप्रिय मोडल क्लासिक ३५० थप दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...