एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने
काठमाडौँ— ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल...
सुन्दर यातायातले पेट्रोलबाट चल्ने स्कुटर वा मोटरसाइकललाई मोडिफाई र रुपान्तरण गरेर विद्युतीय र पेट्रोलियम पदार्थको उपयोग गरेर दुवै तरिकाले चलाउन मिल्ने बनाएको छ । सुन्दर यातायातले केही दिन पहिले सो स्कुटर र मोटरसाइकल सार्वजनिक गरेको थियो ।
सुन्दर यातायातले मोटरसाइकललाई समेत कन्भर्ट गर्न सकिने भए तापनि हाल स्कुटरलाई मात्र यसरी परिमार्जन गर्ने कार्य प्रारम्भ गरेको छ र एउटा स्कुटर सार्वजनिक प्रदर्शन भने गरेको छ । सुन्दर यातायातको धुम्बाराहीस्थित कार्यालयमा गएर त्यसको टेस्ट राइड समेत गर्न सकिन्छ ।
यसरी स्कुटरलाई पेट्रोलियम वा विद्युतीय दुवै माध्यमबाट चलाउन सकिने प्रविधि नेपाली राइडरहरुले रुचिपूर्वक अवलोकन गर्ने र टेस्ट राइड गर्ने गरेका छन् । सुन्दर यातायातले यसका लागि ब्याट्रीलाई अन्डरसिट स्टोरेजमा राख्ने गरेको छ भने आवश्यकता अनुसार मोटर र कन्ट्रोलरको समेत व्यवस्था गरेको छ ।
राइडरलाई आफूलाई मन लागे अनुसार पेट्रोल वा विद्युतीय दुवै मोडमा चलाउन सक्छन् । यद्यपि हाल परीक्षणको लागि एक युनिट मात्र स्कुटरलाई यसरी परिमार्जन गरिएको छ । यसले गर्दा सरकारी कर र अन्य प्रक्रियाले गर्दा महंगो पर्न गएको छ । आगामी दिनमा सरकारको नीति यसमा अझै स्पष्ट भयो र धेरै ग्राहकले परिमार्जन गर्ने चाहना राखे भने मूल्य कम पर्न सक्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा बताउछन् । यसरी मोडिफाई गर्दा कति मूल्य पर्छ भन्ने कुरा कम्पनीले अहिले औपचारिक रुपमा सार्वजनिक नगरेको भए पनि करिब १ लाख देखि १ लाख ३० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गरिएको छ ।
पुराना तथा नयाँ दुवै दुई पांग्रे सवारीलाई विद्युतीय र पेट्रोलियम दुवै माध्यमबाट चलाउन मिल्ने बनाइएको हो । यद्यपि पुराना सवारी साधनलाई यसरी परिमार्जन गर्नु व्यावहारिक हुन्छ । विगत छ महिनादेखि गरिएको परीक्षण सफल भएपश्चात सुन्दर यातायातले व्यावसायिक रुपमा पेट्रोलियम स्कुटरलाई हाइब्रिड अर्थात विद्युतीय र इन्धन दुवै माध्यमबाट प्रयोग गर्न मिल्ने बनाउन सुरु गरेको हो ।
कोही चालकले पेट्रोलियम स्कुटरलाई विद्युतीय पनि बनाउन चाहेको खण्डमा हामीले सो स्कुटरलाई मोडिफाई गर्नसक्छौं । यसरी मोडिफाई गरिएको स्कुटर चालकले आफ्नो आवश्यकता अनुसार पेट्रोलमा अथवा विद्युतीय रुपमा प्रयोग गर्न सक्नेछन्,’ सुन्दर यातायातका इन्जिनियर पाण्डव पौडेलले भने । यसको लागत कति पर्छ र कसरी गर्ने भन्ने वारेमा भने अहिले अध्ययन भइरहेको र केही समय पश्चात मात्र थाहा हुने उनले बताए ।
यसरी मोडिफाई गरिएको स्कुटर १०० किलोमिटर सम्म गुड्न सक्ने उनले बताएका छन् । हाललाई स्कुटरको डिक्कीको भागलाई प्रयोग गरेर ब्याट्री जडान गरी विद्युतीय स्वरुप दिइएको छ । त्यसैगरी पछिल्लो साइडमा मोटर र कन्ट्रोलर आदि राख्ने व्यवस्था मिलाइएको छ ।
हाल प्रयोगमा आएको स्कुटरमा १५ सय वाटको मोटर प्रयोग गरिएको छ । यसमा ६० भोल्ट ४० एएचको लिथियम आयोन ब्याट्री राखिएको छ । यो स्कुटर सिंगल चार्जमा ५० किलोमिटर चल्न सक्छ । पावर धेरै वा कम चाहने ग्राहकका लागि आवश्यकता अनुसार यो भन्दा कम वा बढी क्षमताको मोटर वा ब्याट्री राख्न सकिने पौडेलको भनाइ छ । त्यसैगरी सबै सवारी साधनमा प्रयोग गरिने आईपी ६७ प्रोटेक्सनको ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीलाई करिब ३ घण्टा चार्ज गर्दा फुल चार्ज हुन्छ ।
स्कुटरको स्टोरेजमा ब्याट्री राख्न सहज हुने भएकाले मोडिफाई गर्न पनि सहज हुन्छ । यसको डिजाइनलाई बिगार्नु पर्दैन । मोटरसाइकलमा भने त्यसै अनुसार स्टोरेज बढाउनु पर्ने हुन्छ । हाल एउटा स्कुटर प्रदर्शनीका लागि राखेको र आगामी दिनमा अन्य स्कुटर समेत मोडिफाई गर्दै जाने योजना रहेको पौडेलले बताए ।
सरकारी निकायसँग यसको पार्टपुर्जा र आवश्यक अन्य व्यवस्थापन वारेमा कुराकानी भइरहेको र ग्राहकको माग बढ्दै गएमा भविष्यमा यस सम्बन्धी कार्य पनि अगाडि बढाउने योजना कम्पनीको छ ।
काठमाडौँ— ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल...
नेपाल विद्युत प्राधिकरणले थप ४ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न टेण्डर...
काठमाडौं – आम उपभोक्ताहरुमा विद्युतीय सवारी साधन प्रति आकर्षण बढिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...