सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी...
यातायात व्यवस्था विभागले हाल अनलाइन रुपमै ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । पहिले आफूले आवेदन दिइसके पश्चात आफूले रोजेको मिति र कार्यालयमा सम्पर्क राखेर परीक्षा र ट्रायल दिन सकिने व्यवस्था छ ।
त्यसैले अनलाइन रुपमै आवेदन दिन सकिन्छ ।
यसका लागि शुरुमा यो वेबसाइटमा क्लिक गर्नुहोस् । पहिले सोझै आवेदन फारम भर्न सकिने व्यवस्था रहेकोमा अहिले भने शुरुमा आफ्नो प्रोफाइल बनाउनु पर्ने हुन्छ । त्यसैले पहिले प्रोफाइल बनाउनु पर्छ ।
माथिको वेबसाइट खोलिसके पछि ‘साइन अप’ मा जानुहोस् । त्यहाँ आफ्नो नाम, थर जन्ममिति, मोबाइल नम्बर, पासवर्डसँगै एउटा सेक्युरिटी प्रश्न पनि सेट गर्नुहोस् । साइन अप गरिसके पछि आउने ओटीपी कोड राखेर ‘कन्फर्म’ मा थिच्नुहोस् ।
त्यसपछि एप्लिकेसन पोर्टल खुल्छ । त्यहाँ दिइएको युजर नेम र पहिले साइन अप गर्दा सेटअप गरेको पासवर्डमार्फत आफ्नो प्रोफाइल लगइन गर्न सकिन्छ । आफूले आवेदन दिइसके पछि आफ्नो डिटेल्स हेर्नका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।
अब पर्सनल डिटेल्समा क्लिक गर्नुहोस् । त्यहाँ नाम, ब्लड ग्रुप, जन्ममिति, आफुलाई उपयुक्त र पायक पर्ने कार्यालय, अभिभावकको विवरण लगायत सबै जानकारी भर्दै जानुहोस् ।
सब्मिट गरिसकेपछि आफ्नो विवरण सही छ छैन पुनः जाँचेर टिक लगाई फेरि सब्मिट गर्नुहोस् ।
आफ्नो व्यक्तिगत विवरण अर्थात पर्सनल डिटेल भरिसके पछि आफ्नो अस्थायी वा स्थायी ठेगाना अर्थात एड्रेस भर्नुपर्ने हुन्छ । त्यसपछि यसलाई सब्मिट गर्नुहोस् ।
त्यसपछि आफ्नो नागरिकता सम्बन्धी विवरण भर्नु पर्ने हुन्छ । यसमा नागरिकता नम्बर, जारी गरिएको जिल्ला र मिति भर्नुका साथै नागरिकताको इमेज वा स्क्यान कपि अपलोड गरेर सब्मिट गर्नुपर्छ ।
यसका साथै आफ्नो नागरिकतामा आधारित तीनपुस्ते विवरण अर्थात बाबु, आमा, बाजे आदिको नाम भर्नुपर्छ । यसलाई पनि टिक लगाएर सब्मिट गर्नुपर्छ ।
त्यसपछि पासपोर्ट विवरण आउँछ । लाइसेन्समा पासपोर्ट विवरण समेत राख्नु पर्नेछ भने यो भर्दा हुन्छ । नत्र त्यत्तिकै छोडेर स्किप गर्न पनि सकिन्छ ।
यति गरिसके पछि तपाईको प्रोफाइल बनाउने कार्य पुरा भयो । अब यही प्रोफाइलका आधारमा बल्ल अनलाइन आवेदन दिने प्रक्रिया शुरु गर्न सकिन्छ ।
अब अप्लाई फर ड्राइभिङ लाइसेन्स (Apply for driving license) मा क्लिक गर्नुहोस् । त्यहाँ देखिएको चेकबक्समा टिक लगाएर नेक्स्ट गर्नुहोस् ।
त्यसपछि आफूले ड्राइभिङ लाइसेन्स लिनु पर्ने सवारी साधन (मोटरसाइकल, स्कुटर आदि वा कार) छानिसके पछि नेक्स्ट गरेर फेरि अपोइन्टमेन्टका लागि कार्यालय छान्न सकिन्छ । यदि लाइसेन्स छिट्टै नै चाहिने छ भने ‘अप्लाई फर अर्जेन्ट’ मार्फत आवेदन दिन सकिन्छ । त्यसपछि मिति अर्थात डेट छनोट गर्न सकिन्छ । यसका लागि आफूलाई उपयुक्त लागेको दिन छान्न सकिन्छ । यदि आफूले चाहेको कार्यालयमा उपयुक्त डेट पाइएन भने अन्य कार्यालय समेत छान्न सकिन्छ ।
डेट राखिसके पछि मोबाइल एउटा ओटीपी आउछ । सो ओटीपी त्यहाँ भएको ‘इन्टर ओटीपी’ मा राखेर कन्फर्म गर्नुपर्छ ।
कन्फर्म गरिसके पछि आफूले भरेको विवरणको आधारमा आवेदन फारम देखिन्छ । सोही फारमलाई नै डाउनलोड गरेर आफूले अपोइन्टमेन्टका लागि छानेको मितिमा र छानेको कार्यालयमा जान सकिन्छ ।
यस प्रकार सामान्य तरिकाबाट ड्राइभिङ लाइसेन्सका लागि अनलाइन आवेदन दिन सकिन्छ ।
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी...
काठमाडौं – विभिन्न कारणले छिट्टै नै सवारी चालक अनुमति पत्र आवश्यक भएमा अब...
सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...