काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट सवारी चलाउन नपाइने
काठमाडौं – काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी...
काठमाडौं – नेपालका ‘ट्रान्सपोर्ट पायोनियर’ को रुपमा परिचित प्रितम सिंहले ८७ वर्षको उमेरमा कोरोनामाथि विजय हासिल गरेका छन् । ८७ वर्षीय प्रितम सिंह कोरोना संक्रमित भई थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत थिए । २२ दिन लामो उपचारपछि उनले कोरोनामाथि जित हासिल गरेका हुन् ।
हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
को हुन् प्रितम सिंह ?
नेपालमा पहिलोपटक ३ वटा ट्रक भित्र्याई ट्रान्सपोर्टको जग बसालेका कारण सिंहलाई ‘ट्रान्सपोर्ट पायोनियर’ उपनामले चिनिन्छ ।
सन् १९५७ मा २२ वर्षको उमेर छँदा प्रितम सिंह जम्मुबाट आफ्ना पितासँगै ट्रकमार्फत काठमाडौं प्रवेश गरेका थिए । उनीहरुले ल्याएको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक रहेको र सो समयदेखि नै नेपालमा सार्वजनिक ढुवानीको कामको थालनी भएको मानिन्छ ।
त्यसबेला काठमाडौं आएका उनलाई तत्कालीन राजा महेन्द्रले यही बस्न आग्रह गरे । राजा महेन्द्रले सिंह बाबु छोरालाई आफूसँगै ल्याएको ट्रक नेपालमै चलाई यहाँको ट्रान्सपोर्ट लाइन स्थापनामा मद्दत गर्न आग्रह गरेका भारतीय दूतावासबाट प्रकाशित ‘शिख हेरिटेज अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।
कुनै समयमा नेपाल साप्ताहिकसँगको कुराकानीको क्रममा प्रितम सिंहले भनेका थिए, ‘ ट्रान्सपोर्ट व्यवसायलाई विस्तार गर्ने उद्देश्यले नेपाल प्रवेश ग-यौ, सन् १९५६ मा । नेपालमा ट्रान्सपोर्ट व्यवसाय विस्तारका क्रममा जम्मु कश्मीरबाट म आफैँले करिब १० हजारजति जनशक्ति ल्याएँ । राजा महेन्द्रको जोडबलमै नेपालमा यातायात विस्तार ग-यौ । नेपालमा जहाँ–जहाँ सडक बने, त्यहाँ–त्यहाँ शिख समुदायले यातायात सञ्चालन गरे । जम्मु कश्मीरबाटै आएको यातायात जनशक्तिले कालान्तरमा ड्राइभर, मेकानिक्स, प्लम्बरजस्ता काममा नेपालीलाई दक्ष बनायो ।’
काठमाडौँ उपत्यकाभित्र र बाहिरका कम्पनी चलाउन परिवारका सदस्य र ट्रान्सपोर्टमा कार्यरत जनशक्तिले पनि नेपालका मुख्य सहरलाई आफ्नो थातथलो बनाए । काठमाडौँ मुख्य स्थल छँदै थियो । काठमाडौँपछि पहिलोपल्ट सन् १९६० मा शिख समुदाय वीरगन्ज पुग्यो । त्यहाँ पुगेपछि थातबास बनायो । यातायात विस्तारकै क्रममा केहीले बुटवल, कृष्णनगरलाई बासस्थान बनाए भने केहीले धनगढीमा अड्डा जमाए । केहीले नेपालगन्जलाई पनि रोजे ।
अहिले उनीहरु नेपाली नागरिक भइसकेका छन् । शिख समुदायलाई सडक बादशाह नै भनिन्छ ।
काठमाडौं – काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी...
काठमाडौं – कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र...
वागमती प्रदेशको राजधानी हेटौँडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...