सडकमा कुन गाडीलाई अगाडि बढ्न प्राथमिकता दिने ? यसरी गर्नुस् व्यवस्थापन

कुनै व्यक्ति वा वस्तुलाई प्राप्त हुने पहिलो स्थान वा पहिलो अवसरलाई प्राथमिकता भनिन्छ । प्राथमिकता भनेको सडकमा प्राप्त गरिने अग्राधिकार हो । यदि सडक यात्राका क्रममा सवारी चालकबाट को पहिलो र को त्यसपछि भन्ने कुरा यकिन हुन सकेमा र सो सम्बन्धमा चालकलाई जानकारी हुन सकेमा निःसन्देह सडकमा सवारी साधन जुध्ने सम्भावना टर्छ । 

सडकका सवालमा सडकको प्रयोग गरिरहेका सडक प्रयोगकर्ताहरु मध्ये कसले कसलाई अगाडि बढ्न पहिलो अवसर दिने र कसले केही बेर पर्खने भन्ने कुरा प्राथमिकता अन्तर्गत पर्दछ । अहिले सडकमा अस्वस्थ प्रतिस्पर्धा र अराजकता छ, जसले पेल्न सक्यो उही अगाडि गयो भन्ने गलत धारणा कायम छ, जसका कारण चोक तथा जक्सनहरुमा नहुनुपर्ने सवारी दुर्घटना भएका छन् । जनधनको ठूलो क्षति भएको छ ।

यसबाट शान्ति सुव्यवस्थामा खलल मात्र पुगेको छैन, यसैका कारण चालकहरुका बीच अनाबश्यक झै(झगडा तथा हात हालाहालको अवस्था समेत सिर्जना हुने गरेको छ ।

सडक सुरक्षा र सभ्यतामा सडकमा कुन अवस्थामा कुन सवारी साधनहरुले प्राथमिकता पाउँछन् भन्ने कुराले निकै महत्व राख्दछ । आउनुहोस आजको यो अंकमा सडक सुरक्षाको अन्तर्राष्ट्रिय नियम अनुसार तपाईले प्राथमिकता दिनुपर्ने अवस्थाहरुको बारेमा जानाकारी राखौं ।

तपाईले सडकमा प्राथमिकता दिनुपर्ने अवस्थाहरु
 साइरन बजाउंदै वा Hazard Light को प्रयोग गरी आउने सवारीलाई
 चोकको गोल घुम्ती भित्र रहेको सवारी साधनलाई
 शाखा सडकबाट निस्कने सवारी साधनले मुख्य सडकमा चल्ने सवारी साधनलाई
 ओरालोमा गइरहेको गाडीले उकालो आउंदै गरेको गाडीलाई
 खाली गाडीले भारी बोकेको गाडीलाई
 सानो गाडीले ठूलो गाडीलाई
 दाहिने मोडिने (Right Turn) गर्न लागेको गाडीले सिधा जाने गाडीलाई
 कम गतिमा (Slow Motion) मा चल्ने सवारी साधनहरुले तीव्र गति (Speed Motion) मा चल्ने गाडीलाई ।

विष्णु थापा
वरिष्ठ प्रहरी नायव निरीक्षक

सम्बन्धित समाचारहरू

कान्ति राजमार्गको काम यस आवमा सकिने

कान्ति राजमार्गको काम यस आवमा सकिने

काठमाडौँ -सङ्घीय राजधानीलाई बागमती प्रदेशको राजधानीसँग जोड्ने छोटो...

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस

काठमाडौँ – काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम...

कारको ब्रेक फेल भए ह्यान्डब्रेकले दुर्घटनाबाट बचाउन सक्छ, प्रयोग गर्ने सही तरिका के हो ?

कारको ब्रेक फेल भए ह्यान्डब्रेकले दुर्घटनाबाट बचाउन सक्छ, प्रयोग गर्ने सही तरिका के हो ?

सडकमा सुरक्षित रूपमा कार चलाउन ट्राफिक नियमका साथै कारको ह्यान्डब्रेकको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...