मिडसाइज एसयूभी सेगमेन्टमा टाटा कर्भको हलचल, प्रतिद्वन्दीसँग मूल्य तुलना यस्तो

टाटा मोटर्सले पञ्च र नेक्सन मार्फत कम्प्याक्ट एसयूभी सेग्मेन्टमा राम्रो प्रोडक्ट पेश गरेको थियो । साथै यसको राम्रो बिक्री पनि भइरहेको छ । कम्पनीले हालै लन्च गरेको कर्भ ईभीको मूल्य र रेन्जले क्रेटा र ग्रान्ड भिटारा जस्ता गाडीको बिक्रीमा असर पर्न सक्ने अनुमान गरिएको छ ।

टाटा कर्भको पेट्रोल भेरिएन्टको मूल्य ९ लाख ९९ हजार र डिजेल भेरिएन्टको मूल्य ११ लाख ४९ हजार भारुबाट सुरु हुन्छ । कर्भको टप भेरिएन्टको मूल्य १९ लाख भारु रहेको छ । टाटा कर्भका प्रतिद्वन्द्वी गाडीको मिडसाइज एसयूभी सेगमेन्टमा मूल्य यस्तो छः

हुन्डाई क्रेटा

हुन्डाई क्रेटा मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने एसयूभी हो। क्रेटाको एक्स-शोरूम मूल्य ११ लाख भारुबाट सुरु भएर २० लाख १५ हजारसम्म जान्छ।

महिन्द्रा थार रक्स

महिन्द्रा एण्ड महिन्द्राको नयाँ थार रक्सको मूल्य १२ लाख १९ हजारबाट सुरु भएर २० लाख ४९ हजारसम्म जान्छ ।

मारुती सुजुकी ग्रान्ड भिटारा

मारुती सुजुकीले ग्राण्ड भिटारा मार्फत पछिल्लो डेढ वर्षमा मिडसाइज एसयूभी सेग्मेन्टमा बलियो उपस्थिति स्थापित गरेको छ । ग्राण्ड भिटाराको मूल्य १० लाख ९९ बाट सुरु भएर २० लाख ९ हजारसम्म जान्छ ।

किया सेल्टोस

किया सेल्टोस एसयूभीको एक्स-शोरूम मूल्य १० लाख ९० हजार देखि २० लाख ३७ हजार भारुसम्म छ ।

स्कोडा कुशाक

स्कोडा कुशाकको एक्स-शोरूम मूल्य १० लाख ८९ हजारबाट सुरु भएर १८ लाख ७९ हजार भारुसम्म जान्छ ।

फक्सवागन टाइगुन

फक्सवागन टाइगुनले बिस्तारै मिडसाइज एसयूभी सेगमेन्टमा आफ्नो स्थिति बलियो बनाउँदैछ र यसको एक्स-शोरूम मूल्य ११.७० लाखदेखि २० लाख रुपैयाँसम्म सुरु हुन्छ ।

सिट्रोन बसाल्ट

सिट्रोनले हालै आफ्नो एसयूभि कुपे बसाल्ट लन्च गरेको छ र यसको मूल्य ७ लाख ९९ हजारबाट सुरु भएर १३ लाख ८३ हजार भारुसम्म जान्छ ।

सम्बन्धित समाचारहरू

सिप्रद्धी ट्रेडिङका अध्यक्ष राणा बने सबैभन्दा बढी कर तिर्ने ब्यावसायी

सिप्रद्धी ट्रेडिङका अध्यक्ष राणा बने सबैभन्दा बढी कर तिर्ने ब्यावसायी

आर्थिक बर्ष २०७७/७८ मा ब्याक्तिगत आयबाट सबैभन्दा बढी कर तिर्ने ब्यावसयीका...

सिप्रदीद्वारा वडा नम्बर ४ लाई स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीद्वारा वडा नम्बर ४ लाई स्ट्रिट लाइट हस्तान्तरण

काठमाडौं – सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन...

१ घण्टामा ८० प्रतिशत चार्ज हुने टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार, नेपालमा पनि आउने

१ घण्टामा ८० प्रतिशत चार्ज हुने टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार, नेपालमा पनि आउने

टाटा मोटर्सले जिपट्रोन टेक्नोलोजीको साथमा नयाँ टिगोर इलेक्ट्रिक कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...