एक वर्षमा भित्रिए ५ अर्ब ३२ करोडका १ हजार ८ सय बढी विद्युतीय गाडी
काठमाडौं – नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन...
काठमाडौ– हुन्डाइको लोकप्रिय इलेक्ट्रिक कार कोना जीएल २ लाख रुपैयाँ सस्तो भएको छ । यसअघि ६१ लाख ९६ हजारमा बिक्री हुँदै आएको यसको नयाँ फेसलिफ्टमा मूल्य घटेर आएसंगै नेपालमा पनि मूल्य समायोजन गरिएको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।
कम्पनीले नयाँ कोना जिएलको मूल्य ५९ लाख ९६ हजार निर्धारण गरेको हो । कोनाको अर्को भेरिएन्ट जीएल–एसको भने पुरानै मूल्य ६४ लाख ९६ हजार कायम गरिएको छ ।
नेपालमा निकै सफल कोना इलेक्ट्रीक एउटा सफल क्रसओभर ईभी हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ भने ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो ।
हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाई इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्दछ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्दछ ।
हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने दावी गरिएको छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सकिन्छ ।
यसमा रहेको ८ इन्चको टच स्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरीय बनाउने दाबी कम्पनीको छ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुनेछन् ।
काठमाडौं – नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन...
हुन्डाई मोटर इन्डियाले हुन्डाई अल्काजारको लन्चिङ समय केही दिनको लागि...
एमजी मोटर इन्डियाले इन्ट्री लेभल इलेक्ट्रिक कारको रोड टेस्ट सुरु गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...