नेपालमै गाडी उत्पादन गर्न सरोकारवालाको सुझाव, अन्य विभिन्न कानुनी अड्चन हटाउने प्रतिबद्धता
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर...
आगामी आर्थिक वर्षको बजेटमा ५१ देखी १०० किलोवाट मोटर क्षमताका ईभीमा भन्सार र अन्तशुल्क बृद्धि भएपछि सो सेग्मेन्टका कार बिक्री गर्ने कम्पनीले मूल्य समायोजन गरिरहेका छन् । सोहि क्रममा पछिल्लो समय टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पनि नेक्सन ईभीको मूल्यलाई समायोजन गरेको छ ।
सिप्रदीले नेक्सन प्राइम, डार्क र म्याक्स तीनवटै भेरिएन्टमा २ लाख ५० हजार रुपैयाँको दरले मूल्य बढाएको हो । मूल्य वृद्धि भएपछि यसअघि ३८ लाख ९९ हजारमा बिक्री हुँदै आएको नेक्सन प्राइम एक्सएमको ४१ लाख ४९ हजार, ४० लाख ९९ हजारमा बिक्री हुँदै आएको एक्सजेड प्लसको ४३ लाख ४९ हजार र ४२ लाख ९९ हजारमा बिक्री हुँदै आएको एक्सजेड प्लसको ४५ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी यसअघि ४१ लाख ९९ हजरमा बिक्री हुँदै आएको डार्क एडिनसन एक्सजेड प्लसको ४४ लाख ४९ हजार र ४३ लाख ९९ हजारमा बिक्री हुँदै आएको सोही एडिनसनको एक्सजेड प्लस लक्जरीमा मूल्य बृद्धि भएर ४६ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
केही समयअघि मात्र नेपाली बजारमा भित्रिएको वढि रेन्ज दिने म्याक्स ईभीमा पनि २ लाख ५० हजार रुपैयाँ बृद्धि भएर ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यसअघि सो ईभीको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको थियो ।
टाटाले नेक्सन प्राइम र डार्क एडिसनमा ३०.२ किलोवाट आवर व्याट्री प्याकको साथ ९५ किलोवाटको मोटर र म्याक्समा ४०.५ किलोवाट आवर ब्याट्रीको साथ ९९ किलोवाट आवरको मोटर दिएको छ ।
काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर...
काठमाडौं – ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक, एसपीजी...
काठमाडौं– टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...