२ लाख ५० हजारले महंगो भयो नेक्सन ईभी, यस्तो छ सवै भेरिएन्टको नयाँ मूल्य

आगामी आर्थिक वर्षको बजेटमा ५१ देखी १०० किलोवाट मोटर क्षमताका ईभीमा भन्सार र अन्तशुल्क बृद्धि भएपछि सो सेग्मेन्टका कार बिक्री गर्ने कम्पनीले मूल्य समायोजन गरिरहेका छन् । सोहि क्रममा पछिल्लो समय टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पनि नेक्सन ईभीको मूल्यलाई समायोजन गरेको छ ।

सिप्रदीले नेक्सन प्राइम, डार्क र म्याक्स तीनवटै भेरिएन्टमा २ लाख ५० हजार रुपैयाँको दरले मूल्य बढाएको हो । मूल्य वृद्धि भएपछि यसअघि ३८ लाख ९९ हजारमा बिक्री हुँदै आएको नेक्सन प्राइम एक्सएमको ४१ लाख ४९ हजार, ४० लाख ९९ हजारमा बिक्री हुँदै आएको एक्सजेड प्लसको ४३ लाख ४९ हजार र ४२ लाख ९९ हजारमा बिक्री हुँदै आएको एक्सजेड प्लसको ४५ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी यसअघि ४१ लाख ९९ हजरमा बिक्री हुँदै आएको डार्क एडिनसन एक्सजेड प्लसको ४४ लाख ४९ हजार र ४३ लाख ९९ हजारमा बिक्री हुँदै आएको सोही एडिनसनको एक्सजेड प्लस लक्जरीमा मूल्य बृद्धि भएर ४६ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

केही समयअघि मात्र नेपाली बजारमा भित्रिएको वढि रेन्ज दिने म्याक्स ईभीमा पनि २ लाख ५० हजार रुपैयाँ बृद्धि भएर ४८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यसअघि सो ईभीको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ कायम गरिएको थियो ।

टाटाले नेक्सन प्राइम र डार्क एडिसनमा ३०.२ किलोवाट आवर व्याट्री प्याकको साथ ९५ किलोवाटको मोटर र म्याक्समा ४०.५ किलोवाट आवर ब्याट्रीको साथ ९९ किलोवाट आवरको मोटर दिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल

स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...

अब मूल्य बढ्ने पालो टाटा टियागो ईभीको, दियो यस्तो संकेत

अब मूल्य बढ्ने पालो टाटा टियागो ईभीको, दियो यस्तो संकेत

काठमाडौं – नेपाली बजारमा टाटाका कार बिक्री–वितरण गरिरहेको सिप्रदी...

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौं – नेपाली बजारमा भर्खरै भित्रिएको चाइनिज ब्रान्ड चांगनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...