सरकारले ल्याएको प्रतिस्थापन विधेयकले बढायो मोटरसाइकलमा कर, बढ्ने भयो मूल्य

काठमाडौं – सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत् दुईपांग्रे सवारी साधनको कर बढाएको छ । विधेयकले १२५ सीसीभन्दा माथिका मोटरसाइकल तथा स्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो।

यसअघि २५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा ४० प्रतिशत अन्तशुल्क भएकोमा अहिले भने मोटरसाइकलको वर्गीकरण नै परिवर्तन गरिएको छ । यस अनुसार १२५ सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत, १२५ देखि २ सय सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत र २ सयदेखि २५० सीसीका मोटरसाइकलमा ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

५०० देखि ८०० सिसीका मोटरसाइकलमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ। ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क थियो। अहिले यो वर्गका मोटरसाइकलमा १०० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था गरिएको छ।

८०० सिसीमाथि भने अन्तशुल्क पुरानै दर १०० प्रतिशत कायम छ।

प्रतिस्थापन विधेयकबाट सडक निर्माण दस्तुर समेत बढाइएको छ। सरकारले कर उठाउनकै लागि मोटरसाइकलको वर्गीकरण समेत थप गरेको छ।

यसअघि १५५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १५५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीससम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४ सय सीसीभन्दा माथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्थ्यो।

तर प्रतिस्थापन विधेयकमा वर्गीकरण थप गरि सडक निर्माण दस्तुर बढाइएको छ। नयाँ व्यवस्थाअनुसार १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ, १२५–२५० सीसीसम्मका मोटरसाइकलमा १८ हजार रुपैयाँ, २५०–४०० सीसीसम्मका मोटरसाइकलमा ५० हजार रुपैयाँ र ४०० सीसीमाथिका मोटरसाइकलमा १ लाख रुपैयाँ सडक निर्माण दस्तुर लाग्ने व्यवस्था गरिएको छ।

अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ। नेपाली बजारमा यी मध्यम मूल्यका र धेरै बिक्री हुने सवारी मानिन्छन्। त्यस्तै २०० देखि ८०० सिसीका बाइकको पनि मूल्य बढ्नेछ।

सम्बन्धित समाचारहरू

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

प्रोटोन एक्स७० नेपालमा सार्वजनिक, यस्ता छन् सबै भेरिएन्टको विशेषता र मूल्य

काठमाडौं – नेपाली बजारमा प्रोटोनको नयाँ गाडी एक्स७० को औपचारिक बिक्री...

यस्तो छ हालै नेपाल भित्रिएको टीभीएस रेडरका ६ विशेषता

यस्तो छ हालै नेपाल भित्रिएको टीभीएस रेडरका ६ विशेषता

नेपाली बजारमा शकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले युवा लक्ष्यित...

टीभीएसले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै, देखियो टीएफटी स्क्रिन

टीभीएसले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्दै, देखियो टीएफटी स्क्रिन

टीभीएस मोटर कम्पनीले आज नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...