फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
नेपाली बजारमा ग्रेटवाल र ह्यावल ब्रान्डका सवारी साधन गत साउन महिनामा औपचारिक रुपमा भित्रिएका हुन् । नेपालमा विशाल ग्रुप अन्तर्गतको भीजी इम्पेक्सले यी सवारी साधन बिक्रीवितरण गरिरहेको छ ।
हाल नेपाली बजारमा ग्रेटवालको पोअर पिकअप र ग्रेटवाल अन्तर्गतको कम्पनी ह्यावलका दुई एसयूभी जोलायन र थर्ड जेनेरेसन एच६ उपलब्ध छन् ।
पोअर पिकअपमा २.० लिटरको टर्बोचार्ज्ड डिजेल इन्जिन रहेको छ, जसले १६० एचपी पावर ४०० एनएम टर्क जेनेरेट गर्छ । एड्भान्स म्युजिक सिस्टम र सेफ्टी फिचर भएको पोअर फोर ह्विल ड्राइभयुक्त पिकअप हो । डिजेल इन्जिनयुक्त सो पिकअपको मूल्य ७१ लाख रुपैयाँ तोकिएको छ ।
ह्यावल जोलायनमा आवश्यकता अनुसार स्ट्यान्डर्ड, स्पोर्ट, इकोनोमी र स्नो ड्राइभिङ मोडको प्रयोग गर्न सकिन्छ । यसमा भएको हलुका मेकानिकल बनावट, इन्धन किफायतीपना, मल्टी ह्विल च्यासिस ट्युनिङ आदिका कारण ड्राइभिङ सहज हुने बताइएको छ । यसको वाहिरी भाग निकै आकर्षक छ । यसको स्मार्ट र सार्प फ्रन्ट फेस, क्लासिक फेमिली क्रोम प्लेटेड हनिकम्ब ग्रिल र थप फेसनेबल ट्रेन्डले वाहिरी आकर्षण बढाएको मान्न सकिन्छ ।
गाडीमा ठूलो प्यानोरामिक सनरुफ, एलईडी हेडल्याम्प र १८ इन्चको आल्मुनियम अलोय ह्विल छ । गाडीमा १२।३ इन्चको स्मार्ट टचस्क्रिन, ७ इन्चको कलर कम्बिनेसन भर्चुअल इन्स्ट्रयुमेन्ट, वायरलेस चार्जिङ र एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता फिचर उपलब्ध छन् । बलियो बडी रहेको सो गाडीमा ६ एयरब्याग र अन्य विभिन्न सेफ्टी फिचर समेत उपलब्ध छन् ।
ह्यावल जोलायन म्यानुअल र अटोमेटिक अन्तर्गत दुई दुई गरी चार भेरिएन्टमा उपलब्ध छ । म्यानुअलको मूल्य ५८ लाख र ६९ लाख तथा अटोमेटिकको मूल्य ७३ लाख ५० हजार र ७७ लाख रुपैयाँ छ ।
ह्यावल एच६ मा २.० लिटरको टर्बो पेट्रोल इन्जिन छ, जसले २२४ एचपी पावर र ३८५ एनएम टर्क जेनेरेट गर्छ । यसमा फ्रन्ट ग्रिल, एलईडी डीआरएल स्ट्रिप सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प र फगल्याम्प छ । त्यसैगरी १९ इन्चको अलोय ह्विल छ ।
ह्यावल एच६ को मूल्य १ करोड ४ लाख रुपैयाँ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...