बजेट पश्चात होन्डाका यी दुई बिग बाइकको बढ्यो मूल्य, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डा सीबी ३५० सिरिजका दुई मोटरसाइकल सीबी हाइनेस ३५० र सीबी ३५० आरएसको मूल्य बढेको छ ।

अन्य कम्पनीले २०० सीसी भन्दा माथिल्लो श्रेणीका मोटरसाइकलको मूल्य घटाइरहेको समयमा होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले भने यी दुई मोटरसाइकलको मूल्य बढाएको हो ।

कम्पनीले यी दुवै मोटरसाइकलको मूल्यमा ७६ हजार रुपैयाँले वृद्धि गरेको हो । यसअघि ८ लाख ४९ हजार रुपैयाँमा बिक्री भइरहेको सीबी हाइनेस ३५० को मूल्य ९ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी सीबी ३५० आरएसको मूल्य ८ लाख ९९ हजार रुपैयाँबाट बढाएर ९ लाख ७५ हजार रुपैयाँ पुगेको छ।

कम्पनीले गत असार ६ गते देखि लागू हुने गरी मूल्य वृद्धि गरेको हो ।

यो भन्दा पहिले बजेट सार्वजनिक हुनु अघि नै गत जेठ ९ देखि होन्डाको स्पोर्ट्स मोटरसाइकल एक्सआर १९० एलको मूल्य वृद्धि भएको थियो ।

पहिले ७ लाख १९ हजार ९ सय रुपैयाँ मूल्य रहेको सो मोटरसाइकलको मूल्य हाल ७ लाख ३९ हजार ९ सय रुपैयाँ छ । यसको मूल्यमा २० हजार रुपैयाँले वृद्धि भएको थियो ।

कम्पनीबाटै मूल्य बढेर आएको हुनाले यी मोटरसाइकलको मूल्य पनि बढेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

७४५ सिसीको स्कुटर उत्पादन गर्न होन्डाले भारतमा लियो एक्स एड्भेन्चरको ट्रेडमार्क

होन्डाले भारतमा एक्स–एड्भेन्चर नाममा मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न...

होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

होन्डाले सार्वजनिक गर्‍यो नयाँ ‘एच’ लोगो, २०२७ पछि आउने ईभी र हाइब्रिड मोडलमा प्रयोग हुने

जापानी अटोमोबाइल निर्माता कम्पनी होन्डाले आफ्नो अटोमोबाइल व्यवसायको...

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

साइन र ग्राजिया लक्षित होण्डाको दुई नयाँ अफर

होण्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...