पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटर रु एक र डिजेलको मूल्यमा प्रतिलिटर रु दुई बढाएको हो ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाएको छ । पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य यथावत् राखिएको छ ।

मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६३ रुपैयाँ कायम भएको छ । यस्तै, डिजेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचारहरू

सँधियारसँग जग्गा विवाद भएपछि पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित

सँधियारसँग जग्गा विवाद भएपछि पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित

झापा – नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन...

निगमको प्रष्टोक्ति : ‘क्रुड आयल’भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ

निगमको प्रष्टोक्ति : ‘क्रुड आयल’भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ

काठमाडौं – नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको...

२०८१ मा नेपाली अटोमोबाइल क्षेत्र : केही आशा, केही निराशा

२०८१ मा नेपाली अटोमोबाइल क्षेत्र : केही आशा, केही निराशा

नेपाली अटोमोबाइल क्षेत्रमा नेपाली वर्ष २०८१ मा केही सन्तोषजनक उपलब्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...