एमजी विन्डसर ईभी ७५ हजार युनिट बिक्री पार गर्दै भारतको लोकप्रिय इलेक्ट्रिक कार बन्न सफल
जेएसडब्लू एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार एमजी विन्डसर...
काठमाडौं–बजेटमार्फत लागु गरिएको नयाँ कर व्यवस्थाअनुसार एलआरआर मोटर्सले आफ्नो लोकप्रिय विद्युतीय गाडीको मूल्य समायोजन गरेको छ ।
कम्पनीले जिली ईएक्स५ प्रो र जिली ईएक्स५ म्याक्सको बिक्री मूल्य समायोजन गरेको जानकारी गराएको हो । जसअनुसार, यी दुई भेरिएन्टमा क्रमशः ४ र ५ लाख रुपैयाँ बढेको छ ।
नयाँ मूल्य सूचीअनुसार जिली ईएक्स५ प्रोको मूल्य ६२ लाख तथा जिली ईएक्स५ म्याक्सको मूल्य ७३ लाख रुपैयाँ कायम गरिएको छ । यसअघि जिली ईएक्स५ प्रोको मूल्य ५८ लाख तथा म्याक्सको ६८ लाख रुपैयाँ कायम गरिएको थियो ।
कम्पनीका अनुसार, मूल्य समायोजन ईभीमा लागू गरिएको नयाँ कर संरचनाका कारण भएको हो । सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत २.५ देखी १३० प्रतिशतसम्म स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गरेपछि आयातकर्ता कम्पनीहरुले मूल्य समायोजन गरिरहेका छन् ।
उक्त शुल्कका अतिरिक्त भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा सडक निर्माण दस्तुरसमेत लाग्ने भएकाले प्रिमियम श्रेणीका ईभीहरूको आयात लागतमा उल्लेखनीय वृद्धि भएको छ ।
मूल्य समायोजन भए पनि जिली नेपाल नेपाली ग्राहकहरूलाई उत्कृष्ट मूल्य, अत्याधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा सुविधा तथा विश्वस्तरीय स्वामित्व अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको छ । जिली इएक्स५ हाल नेपाली बजारमा उपलब्ध सबैभन्दा उन्नत प्रविधियुक्त र सुविधा सम्पन्न ईभी एसयूभीमध्ये एकका रूपमा स्थापित छ।
यस विषयमा कम्पनीका बिक्री विभाग प्रमुख अधिर श्रेष्ठ ले भने, ’नयाँ कर व्यवस्थाले ग्राहकहरूको खरिद निर्णयमा केही प्रभाव पार्न सक्ने विषयमा हामी सचेत छौँ । तथापि, सरकारले लागू गरेको नयाँ वित्तीय नीतिका कारण आयात लागतमा आएको अपरिहार्य वृद्धिलाई प्रतिबिम्बित गर्दै मूल्य समायोजन गरिएको हो ।’
श्रेष्ठका अनुसार, एलआरआर मोटर्स उच्च गुणस्तरका विद्युतीय सवारीसाधन, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक सहयोगमार्फत नेपाललाई दिगो र वातावरणमैत्री यातायाततर्फ अग्रसर गराउने आफ्नो प्रतिबद्धतामा दृढ रहँदै आएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...