होन्डा साइन मोटरसाइकल र एक्टिभा तथा ग्राजिया स्कुटरको बढ्यो मूल्य, यस्तो छ सबैको मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध होन्डाका मोटरसाइकल र स्कुटर मध्ये ७ मोडलको मूल्यमा केही वृद्धि गरिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अगस्त २४ अर्थात गत भदौ ८ गते देखि लागू हुने गरी यी मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो ।

नेपाली बजारमा उपलब्ध होन्डाका स्कुटर मध्ये एक्टिभा स्ट्यान्डर्ड र ग्राजिया स्ट्यान्डर्डको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी स्कुटरको मूल्य अब २ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी ग्राजिया डीएलएक्सको मूल्यमा ७ हजारले वृद्धि भई २ लाख ५४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी नेपाली बजारमा उपलब्ध होन्डा साइनका सबै भेरिएन्टको मूल्यमा ५ हजार रुपैयाँले वृद्धि गरिएको छ । अब सीबी साइन डीआरएसको मूल्य २ लाख २४ हजार ९ सय, सीबी साइन डीएसएसको मूल्य २ लाख ३४ हजार ९ सय, साइन एसपी डीआरएसको मूल्य २ लाख ४४ हजार ९ सय र सीबी साइन डीएसएसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ छ ।

अन्य मोटरसाइकल र स्कुटरको मूल्य भने यथावत राखिएको छ । नेपाली बजारमा उपलब्ध होन्डाका मोटरसाइकल र स्कुटरको नयाँ र पहिलेको मूल्य सूची यस प्रकार छ :

सम्बन्धित समाचारहरू

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

होन्डाले सार्वजनिक ग-यो नयाँ इलेक्ट्रिक कार ओ सिरिज र नयाँ लोगो

होन्डाले सार्वजनिक ग-यो नयाँ इलेक्ट्रिक कार ओ सिरिज र नयाँ लोगो

होन्डाले सीईएस २०२४ मा आफ्नो होन्डा ओ सिरिज प्रस्तुत गरेको छ । यस...

होन्डाले ल्यायो ४० प्रतिशत डाउन पेमेन्ट र अन्य छुट सहितको नयाँ वर्ष अफर (मूल्य सूची समेत)

होन्डाले ल्यायो ४० प्रतिशत डाउन पेमेन्ट र अन्य छुट सहितको नयाँ वर्ष अफर (मूल्य सूची समेत)

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...