यस्तो थियो लोकप्रिय गायिका लता मंगेशकरको कार कलेक्शन
भारतकी लोकप्रिय गायिका लता मंगेशकरको आइतवार निधन भएको छ । लता मंगेशकरले...
होन्डा नेपाली टु ह्विलर बजारमा सर्बाधिक रुचाइएको ब्रान्ड हो । मोटरसाइकल र स्कुटर दुवै सेग्मेन्टमा राम्रो पकड कायम गर्न सफल यो ब्रान्डलाई ग्राहकले बलियो र उच्च पर्फमेन्सयुक्त साधनका रुपमा लिने गरेका छन् ।
स्कुटर सेग्मेन्टमा बजारको नेतृत्व गरिरहेको यो ब्रान्डसंग अहिले डिओ, एभिएटर, एक्टिभा र ग्राजिया गरी कुल ४ मोडल उपलब्ध छन् । जसमध्ये पछिल्लो समय सबैभन्दा बढी चर्चित १२५ सीसीको ग्राजिया वनिरहेको छ ।
ग्राजिया बिएस४ र बिएस६ दुवै भर्सनमा उपलब्ध भएका कारण ग्राहकले आफ्नो रुची अनुसार छनोट गरेर लिन सक्नेछन् । यी दुवै भर्सन स्ट्यान्डर्ड र डिलक्स गरी कुल २ भेरियन्टमा उपलब्ध छन् । जसमध्ये बिएस ४ भर्सनको मूल्य बिएस६ को तुलनामा निकै सस्तो रहेको छ ।
यसको बिएस६ भर्सनमा स्ट्यानडर्ड भेरियन्टको मूल्य २ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएकोमा बिएस४ को भने जम्मा २ लाख २८ हजार रुपैयाँ तोकिएको छ । यो भेरियन्टमा बिएस४ बिएस६ भन्दा ५२ हजार रुपैयाँले सस्तो रहेको छ ।
यसैगरी डिलक्स भेरियन्टको बिएस६ लाई ३ लाख रुपैयाँ निर्धारण गरिएको छ भने यसैको बिएस४ को मूल्य २ लाख ५५ हजार तोकिएको छ । यो भेरियन्टमा मूल्यको अन्तर ४५ हजार रुपैयाँ छ ।
यस्तो छ पावर, पर्फमेन्स र फिचर्समा अन्तर
यी दुबै स्कुटरको लुक्स तथा डिजाइन एकै प्रकारको भएपनि बिएस६ बिएस४ को तुलनामा केही फिचर्स लोडेड छ । यो स्कुटरमा होन्डाले फुल एलइडी लाइट प्रयोग गरेको छ भने इन्स्ट्रयुमेन्ट कन्सोल समेत बिएस४ को तुलनमा धेरै नै एड्भान्स छ ।
पावर तथा पर्फमेन्सको कुरा गर्दा यी दुवै स्कुटरमा १२५ सिसीको सिंगल सिलिन्डर,४ स्ट्रोक इन्जिन जडान गरिएको छ । समान सीसीको इन्जिन भएपनि बिएस६ मा एफआई र बिएस४ मा कार्वुरेटर इन्जिन जडान भएका हुन् । जुन सेग्मेन्टमै शक्तिसाली रहेको कम्पनीको दावी छ ।
यो स्कुटरको बिएस६ मोडलले ६ हजार आरपिएममा ८.२५ पिएस पावर दिँदा बिएस४ ले ६ हजार ५ सय आरपिएममा ८.६३ पिएस पावर दिन्छ । यसैगरी बिएस६ को टर्क १०.३० एनएम र बिएस४ को १०.५४ एनएम रहेको छ । यो स्कुटरलाई ९२ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिसम्ममा हाँक्न सकिन्छ ।
बिएस६ मा स्ट्यान्डर्ड व्रेक दिइएको छ भने बिएस४ मा कम्वी व्रेकिङ सिस्टम छ । विएस४ को सिट हाइट बिएस६ भन्दा ५६ एमएमले बढी अग्लो छ । ग्राउन्ड क्लिरियन्सको मामलमा भने बिएस६ बिएस४ भन्दा १६ एमएमले बढी मजुवुत रहेको छ । बिएस४ को ग्राउन्ड क्लिरियन्स १५५ एमएम र बिएस६ को १७१ एमएम रहेको हो ।
यसैगरी बिएस६ मा २१ लिटरको अन्डर सिट स्टोरेज क्षमता रहँदा बिएस४ मा १८ लिटर रहेको छ । यी दुवै भर्सनले प्रतिलिटर इन्धनको खपतमा ६० किलोमिटर माथी माइलेज प्रदान गर्ने कम्पनीले दावी गर्दै आइरहेको छ ।
भारतकी लोकप्रिय गायिका लता मंगेशकरको आइतवार निधन भएको छ । लता मंगेशकरले...
काठमाडौं – नेपाली बजारमा होन्डाको आधिकारिक वितरकको रुपमा स्याकार ट्रेडिङ...
सीबी ३५० मा आधारित नयाँ एड्भेन्चर मोटरसाइकलसंगै होण्डाले अर्को नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...