जीएसटी २.० पछि यी ब्रान्डले घटाए कारको मूल्य, कुनमा कति ?

जीएसटी २.० लागुपछि भारतका अटो उत्पादकले धमाधम कारको मूल्य समायोजन गर्न थालेका छन् । हालसम्म महिन्द्रा, टोयोटा, रेनो र बीएमडब्लु जस्ता ब्रान्डहरूले सबै मोडेलहरूमा मूल्य कटौतीको घोषणा गरेका छन् ।

महिन्द्रा : महिन्द्राले सेप्टम्वर ६ दिने लागु हुनेगरी आफ्ना मोडेलहरूको मूल्य १ लाख ५६ हजार भारुसम्म कम गरेको छ । बोलेरो नियोको मूल्य १ लाख २७ हजार, एक्सयुभी थ्रीएक्सओको पेट्रोल र डिजेल भेरिएन्टमा क्रमशः १ लाख ४० हजार तथा १ लाख ५६ हजार भारु घटाइएको छ ।

त्यसैगरी, थारको मूल्य १ लाख ३५ हजार र थार रोक्सको १ लाख ३३ हजार कम गरिएको छ । स्कोर्पियो क्लासिक र स्कोर्पियो एनमा क्रमशः १ लाख १ हजार तथा १ लाख ४५ हजार सस्तो हुँदा एक्सयुभी ७०० मा १ लाख ४३ हजार भारु घटेको छ ।

टाटाः टाटा मोटर्सले आफ्ना कारमा १ लाख ४५ हजार भारुसम्म घटाएको घोषणा गरेको छ । टियागो, टिगोर र अल्ट्रोजको मूल्य क्रमशः ७५ हजार, ८० हजार र १ लाख १० हजार रुपैयाँले घटाइएको छ । पंच र नेक्सन जस्ता कम्प्याक्ट एसयूभीहरूको मूल्य क्रमशः ८५ हजार र १ लाख ५५ हजार रुपैयाँले घटाइएको छ, जबकि कर्भको मूल्य ६५ हजार रुपैयाँले घटाइएको छ । जीएसटी दर कटौतीको परिणामस्वरूप ह्यारियर र सफारी १ लाख ४० हजार र १ लाख ४५ हजार रुपैयाँले सस्तो भएका छन्।

टोयोटाः टोयोटाले आफ्ना मोडेलहरूको मूल्य ३ लाख ४९ हजार रुपैयाँसम्म घटाएको छ । संशोधित मूल्यहरू सेप्टेम्बर २२ देखि लागु हुने बताइएको छ । टोयोटाले सबैभन्दा धेरै फच्र्युनरमा ३ लाख ४९ हजार रुपैयाँ कम गरेको छ भने हाइलक्समा २ लाख ५२ हजार, भेलफायरमा २ लाख ७८ हजार र क्याम्रीमा १ लाख ११ हजार लाख रुपैयाँ कम गरेको छ ।

त्यसैगरी, इनोभा क्रिस्टा र इनोभा हाइक्रसको मूल्य क्रमशः १ लाख ८० हजार र १ लाख १५ हजार रुपैयाँले घाटाइएको छ । अन्य मोडलमा भने १ लाख ११ हजार रुपैयाँसम्म कम गरिने जनाइएको छ ।

रेनोः रेनोले सेप्टेम्बर २२ देखि लागु हुनेगरी मूल्य कटौतीको घोषणा गरेको छ । यद्यपि, ग्राहकहरूले सेप्टेम्बर ६ देखि घटाइएको दरमा आफ्ना कारहरू बुक गर्न सक्नेछन् । कार निर्माताका अनुसार, मूल्यहरू लगभग ९६ हजार रुपैयाँले परिमार्जन गरिनेछ, जसमा किगरले सबैभन्दा बढी ९६ हजार ३९५ रुपैयाँको फाइदा पाउनेछ ।

बीएमडब्ल्यूः बीएमडब्ल्यूले पनि जीएसटी दर कटौतीको फाइदा ग्राहकहरूलाई हस्तान्तरण गर्दैछ, जसमा मूल्यहरू ८ लाख ९० हजार भारुसम्म घटाइएको छ । कम्पनीले सबैभन्दा धेरै एक्स७ मोडलमा ८ लाख ९० हजार भारु कम गरेको हो ।

सम्बन्धित समाचारहरू

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।...

रास्वपाको बलियो सरकार बन्ने पक्का : सवारी साधनमा ३०० प्रतिशत कर घट्ने चर्चा

रास्वपाको बलियो सरकार बन्ने पक्का : सवारी साधनमा ३०० प्रतिशत कर घट्ने चर्चा

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा लगभग...

पेट्रोलको मूल्य नेपालमा किन यति महंगो ? यस्तो छ कारण

पेट्रोलको मूल्य नेपालमा किन यति महंगो ? यस्तो छ कारण

नेपाल आयल निगमको नयाँ मूल्य सुची अनुसार पेट्रोल र डिजेलमा ३ रुपैयाँका दरले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...