नाडा अध्यक्षको उम्मेदवार बन्ने ध्रुब थापाको घोषणा : भन्छन् – सबै व्यवसायीको नाडा बनाउने छु

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षका लागि पोखराका व्यवसायी ध्रुबबहादुर थापाले उम्मेदवारी घोषणा गरेका छन् । झन्डै ३ दशक देखि अटोमोबाइल क्षेत्रमा कार्यरत थापा हाल नाडामा विद्युतीय सवारी साधन समितिको सभापति समेत छन् ।

नाडामा यो भन्दा पहिले २ कार्यकाल सम्म उनी उपाध्यक्ष भएर कार्य गरिसकेका छन् । उनी पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष समेत हुन् ।

झन्डै ३ दशक देखि अटोमोबाइल क्षेत्रमा कार्यरत थापाले अटोमोबाइल क्षेत्रमा हिमालय अर्गनाइजेसनमार्फत कार्य गरिरहेका छन् । उनले फोर्स गाडीका लागि नेपालको इम्पोर्टर तथा डिष्ट्रिव्युटर्स भएर काम गरिरहेका छन् । निमजी इलेक्टिक थ्रि ह्विलर्सको इम्पोटर तथा डिष्ट्रिव्युटर्स, ब्राइसन इलेक्ट्रिक बसको इम्पोर्टर तथा फोर्ड गाडी र सुजुकी टु ह्विलर्सका लागि गण्डकी धौलागिरी क्षेत्रका लागि डिलर भएर काम गरिरहेका छन् ।

नाडालाई सबै व्यवसायीहरुले आफ्नो संगठनको रुपमा मान्न सक्ने गरी कार्य गर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेको थापाले बताए । उनले भने, ‘एक व्यवसायीले अर्को व्यवसायीले नरुचाउने हालको अवस्थालाई चिर्दै एक व्यवसायीले अन्य सबै व्यवसायीलाई चिन्ने र सहकार्य गर्ने गरी नाडालाई अगाडि बढाउने उद्देश्य राखेर कार्य गर्नेछु ।’

हाल सम्मको अवस्थामा सीमित कम्पनीहरुको घेरावन्दीमा नाडा रहेको र उनीहरुले चाहेको व्यक्ति मात्र नाडाको नेतृत्वमा आउने, मोफसलको प्रतिनिधित्व नहुने अवस्थामा यसलाई चुनौती दिने गरी अगाडि बढ्ने आफ्नो योजना रहेको उनले बताए ।

नाडालाई प्रादेशिक संरचनालाई लगेर मात्र हुँदैन, त्यही अनुसार अधिकार प्रत्यायोजन गर्नु पनि आवश्यक छ । यसको लागि समेत सवारी आयातकर्ता, पार्ट्स र अन्य एसेसरिज सबै आयातकर्ता व्यवसायीहरुलाई समेटेर अगाडि बढ्ने योजना रहेको उनले बताए ।

आगामी पुस सम्म अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसक्नु पर्ने अवस्थामा हालको अवस्थालाई मध्यनजर गरी सम्भवतः भदौ महिना भित्रै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने नाडाको योजना रहेको बताइएको छ ।

हाल नाडा अध्यक्षको रुपमा कृष्णप्रसाद दुलाल कार्यरत छन् । यो भन्दा पहिले हालका उपाध्यक्ष करण चौधरीले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित समाचारहरू

उपभोक्ता संरक्षण विभागका महानिर्देशकसंग नाडा प्रतिनिधी मण्डलको छलफल

उपभोक्ता संरक्षण विभागका महानिर्देशकसंग नाडा प्रतिनिधी मण्डलको छलफल

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधी मण्डलले...

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष छुट उपलब्ध गराउने

नाडा ईभी एक्सपो २०२२ मा नविल बैंकले विशेष छुट उपलब्ध गराउने

काठमाडौं – भोलि देखि राजधानीको भृकुटी मण्डपमा प्रारम्भ हुने नाडा ईभी...

अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर र एमटी–१५ भर्सन २, यस्तो छ मूल्य

अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर र एमटी–१५ भर्सन २, यस्तो छ मूल्य

काठमाडौं–नाडा अटो शोमा यामाहाले आफ्नो नयाँ एडभेन्चर बाचयक डब्लुआर १५५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...