नासा नेपाल र सिद्धार्थ ग्रुपकाे साझेदारी: सदस्यलाई होटल तथा रेस्टुरेन्टमा २५ प्रतिशत सम्म छुट
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सदस्य, खेलाडी,...
काठमाडौं – भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले विगत लामो समयदेखि थाती रहेको रोड सेफ्टी नेसनल एक्सन प्लान (Road Safety National Action Plan) जारी गर्ने प्रक्रिया पुनः अगाडि वढाएको छ ।
विश्वमा भयानक समस्याको रुपमा रहेको सडक दुर्घटना न्यूनीकरण गर्न संयुक्त राष्ट्र संघले गत बर्ष मात्र Global Action Plan जारी गरेको छ । सोही ग्लोबल एक्सन प्लानमा सदस्य राष्ट्रको प्रतिवद्धता अनुरुप नेपालले समेत यस दशक २०२१–३० मा दुर्घटनाको मृतक र घाइतेको संख्या कम्तिमा आधा घटाउने लक्ष्य रहेको छ । यसै सन्दर्भमा नेपालले पनि सन् २०३० सम्मलाई लक्षित गरी National Plan को लागि स्टेकहोल्डर्स र विज्ञहरु समेतको बैठक यसै हप्ता काठमाडौँमा सम्पन्न गरेको छ ।
मन्त्रालयले बिश्व बैंकको सहयोगमा दुई वर्ष अगाडिदेखि कन्सल्टेन्ट नियुक्ति गरी ड्राफ्ट समेत भइसकेको अवस्थामा त्यस बारेको सम्पूर्ण कार्य ठप्प जस्तो भएकोमा पेशागत संगठन, अभियन्ताहरु, नागरिक समुदाय तथा पीडित समेतले यथासक्य छिटो Action Plan जारी गर्ने दवाव दिदै आएका थिए । त्यसमा दातृ निकाय, विकासे एजेन्सी र मिडिया समेत नागरिकको पक्षमा थिए ।
प्रस्तवित एक्सन प्लानमा पाँच पिलर, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धता समेत समेटिएको छ । गत वर्ष लगभग ३ हजारको मृत्यु, हजारौंको अंगभंग र अपांगता तथा अरबौंको क्षति भएको अवस्थाबाट छुटकारा पाउनमात्र नभई गरिबीबाट उन्मुक्ति र दिगो विकासको लागि समेत दिगो सडक र सुरक्षित सवारीको आवश्यकता रहेको छ ।
बैठकमा मन्त्रालयका सह–सचिव लगायतका उच्च पदाधिकारीहरु FIA, World Bank, WHO Nepal, NASA Foundation, Injury Research Center, Transport Engineers Society तथा विभिन्न विज्ञ र अभियन्ताहरुको समेत सहभागिता रहेको थियो ।
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सदस्य, खेलाडी,...
काठमाडौं – नेपालमा मोटर/मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटरसाइकलको क्षेत्रमा प्रदान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...