यस्तो छ नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० फोरभी
नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी पहिलो पटक गत चैत महिनामा नेपाल...
प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई धक्का दिन भारतका दुई ठूला टु ह्विलर उत्पादक हिरो र बजाज जोडतोडले लागि परेका छन् । यो सेग्मेन्टको बजार वर्षेनी वढिरहेको र यसमा रोयल इन्फिल्डले एकलौटी जस्तै बजार लिएको ठहर गर्दै उसलाई टक्कर दिन यी दुई ब्रान्डले अमेरिकन प्रिमियम व्रान्ड हार्ले डभिड्सन र ट्रायम्फसँग सहकार्य अघि वढाइसकेका छन् ।
हिरोले हार्ले डेभिड्सनसँग मिलेर एक्स ४४० ल्याउने तयारीलाई तीव्र वनाएको छ भने बजाजले त हालै वेलायतमा ट्रायम्फसँगको सहकार्यमा तयार भएको दुई नयाँ मोटरसाइकल स्पिड ४०० र स्क्र्याम्व्लर ४०० सार्वजनिक गरिसकेको छ । बजाजले यी नयाँ बाइकलाई जुलाई ३ मा भारतमा लन्च गर्ने योजना बनाएको छ । आगामी दिनमा नेपालमा पनि भित्रिने अनुमान गर्न सकिन्छ ।
भारतमा पछिल्ला केही वर्षयता ३५० देखि ५०० सीसी सेग्मेन्टका मोटरसाइकलको बिक्रीमा हरेक वर्ष उच्च वृद्धि भइरहेको छ । यो सेग्मेन्टमा बिक्री हुने कुल मोटरसाइकलको झन्डै ९३ प्रतिशत बजार हिस्सा रोयल इन्फिल्ड एक्लैले आगटेको छ भने बाँकी हिस्सामा आधा दर्जन बढी ब्रान्डले प्रतिस्पर्धा गरिरहेका छन् । आर्थिक वर्ष २०२३ मा भारतमा २५० देखि ५०० सीसी सेग्मेन्टका मोटरसाइकल ७ लाख ७० हजार हाराहारी युनिट बिक्री भएको अनुमान गरिएको छ । जसमा सवैभन्दा ठूलो हिस्सा रोयल इन्फिल्डले ओगटेको छ ।
राइडरको रुचि प्रिमियम लाइफस्टाइल बाइकमा वढ्न थालेपछि हिरो र बजाजले रोयल इन्फिल्डलाई टक्कर दिन अमेरिकन व्रान्डसँग सहकार्य अघि बढाएको सहजै अनुमान गर्न सकिन्छ । यसलाई हिरोले हार्ले डेभिड्सनसँग मिलेर ल्याउने तयारी थालेको एक्स ४४० र बजाज–ट्रायम्फ सहकार्यमा आएको स्पिड ४०० र स्क्र्याम्व्लर ४०० ले थप पुष्टि गरेको छ । यी तीनवटै मोटरसाइकललाई कम्पनीले रोयल इन्फिल्ड क्लासिक ५०० र हिमालयन लगायत मोडलसँग प्रतिस्पर्धा गर्ने गरी बजारमा उतार्ने तयारी थालेका हुन् ।
रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न भनी यअसघि होन्डाले सीबी हाइनेस ३५० र सीबी ३५० आरएस एवं येज्दी र जावाले पनि विभिन्न बाइक उतारे पनि ती खासै सफल हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा हिरो र बजाजले अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरी ल्याउने तयारी थालेका यी नयाँ मोटरसाइकलको बजार भविष्यमा कस्तो रहला भनेर अहिले नै अनुमान गर्न कठिन हुने देखिन्छ ।
नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी पहिलो पटक गत चैत महिनामा नेपाल...
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...
हिरो मोटोकर्पले एक्सपल्स २०० ४भी को डकार एडिसन लन्च गरेको छ । प्रो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...