रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई धक्का दिन भारतका दुई ठूला टु ह्विलर उत्पादक हिरो र बजाज जोडतोडले लागि परेका छन् । यो सेग्मेन्टको बजार वर्षेनी वढिरहेको र यसमा रोयल इन्फिल्डले एकलौटी जस्तै बजार लिएको ठहर गर्दै उसलाई टक्कर दिन यी दुई ब्रान्डले अमेरिकन प्रिमियम व्रान्ड हार्ले डभिड्सन र ट्रायम्फसँग सहकार्य अघि वढाइसकेका छन् ।

हिरोले हार्ले डेभिड्सनसँग मिलेर एक्स ४४० ल्याउने तयारीलाई तीव्र वनाएको छ भने बजाजले त हालै वेलायतमा ट्रायम्फसँगको सहकार्यमा तयार भएको दुई नयाँ मोटरसाइकल स्पिड ४०० र स्क्र्याम्व्लर ४०० सार्वजनिक गरिसकेको छ । बजाजले यी नयाँ बाइकलाई जुलाई ३ मा भारतमा लन्च गर्ने योजना बनाएको छ । आगामी दिनमा नेपालमा पनि भित्रिने अनुमान गर्न सकिन्छ ।

भारतमा पछिल्ला केही वर्षयता ३५० देखि ५०० सीसी सेग्मेन्टका मोटरसाइकलको बिक्रीमा हरेक वर्ष उच्च वृद्धि भइरहेको छ । यो सेग्मेन्टमा बिक्री हुने कुल मोटरसाइकलको झन्डै ९३ प्रतिशत बजार हिस्सा रोयल इन्फिल्ड एक्लैले आगटेको छ भने बाँकी हिस्सामा आधा दर्जन बढी ब्रान्डले प्रतिस्पर्धा गरिरहेका छन् । आर्थिक वर्ष २०२३ मा भारतमा २५० देखि ५०० सीसी सेग्मेन्टका मोटरसाइकल ७ लाख ७० हजार हाराहारी युनिट बिक्री भएको अनुमान गरिएको छ । जसमा सवैभन्दा ठूलो हिस्सा रोयल इन्फिल्डले ओगटेको छ ।

राइडरको रुचि प्रिमियम लाइफस्टाइल बाइकमा वढ्न थालेपछि हिरो र बजाजले रोयल इन्फिल्डलाई टक्कर दिन अमेरिकन व्रान्डसँग सहकार्य अघि बढाएको सहजै अनुमान गर्न सकिन्छ । यसलाई हिरोले हार्ले डेभिड्सनसँग मिलेर ल्याउने तयारी थालेको एक्स ४४० र बजाज–ट्रायम्फ सहकार्यमा आएको स्पिड ४०० र स्क्र्याम्व्लर ४०० ले थप पुष्टि गरेको छ । यी तीनवटै मोटरसाइकललाई कम्पनीले रोयल इन्फिल्ड क्लासिक ५०० र हिमालयन लगायत मोडलसँग प्रतिस्पर्धा गर्ने गरी बजारमा उतार्ने तयारी थालेका हुन् ।

रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न भनी यअसघि होन्डाले सीबी हाइनेस ३५० र सीबी ३५० आरएस एवं येज्दी र जावाले पनि विभिन्न बाइक उतारे पनि ती खासै सफल हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा हिरो र बजाजले अन्तर्राष्ट्रिय ब्रान्डसँग सहकार्य गरी ल्याउने तयारी थालेका यी नयाँ मोटरसाइकलको बजार भविष्यमा कस्तो रहला भनेर अहिले नै अनुमान गर्न कठिन हुने देखिन्छ ।

सम्बन्धित समाचारहरू

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

लन्च भयो फोर भल्वयुक्त हिरो एक्सपल्स २००, अझै पावरफुल र फिचर लोडेड

हिरो मोटोकर्पले भारतीय बजारमा पावरफुल एक्सपल्स २०० ४भी लन्च गरेको छ । यसको...

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

बजाज अटोले १२५ सीसी सेगमेन्टमा उत्कृष्ट फिचर र शक्तिशाली इन्जिनसहितको...

हिरो एक्सपल्स २०० टीको उत्पादन बन्द, यस्तो छ कारण ?

हिरो एक्सपल्स २०० टीको उत्पादन बन्द, यस्तो छ कारण ?

काठमाडौं–हिरो मोटोकर्पले आफ्नो दुईवटा मोटरसाइकलको उत्पादन बन्द गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...