नेपालमै उत्पादन गरिएको पहिलो इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को प्रि–बुकिङ नाडा अटो शोमा खुला

काठमाडौं–नाडा अटो शो २०२६ को अवसर पारेर सिप्रदी यात्रीले नेपालमै उत्पादन गरिएको आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को आधिकारिक प्रि–बुकिङ खुला गरेको छ ।

नेपालमै डिजाइन, डेभलपमेन्ट र उत्पादन गरिएको यस स्कुटरमा १० किलोवाटको शक्तिशाली मोटर जडान गरिएको छ । कम्पनीले हाल आधिकारिक मूल्य घोषणा नगरे पनि अटो शोमा राखिएको स्टलबाटै ग्राहकले पी२ को बुकिङ गर्न सक्नेछन् ।

यात्री पी२ बजारमा ३ किलोवाट आवर, ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवर गरी तीन फरक ब्याट्री अप्सनमा उपलब्ध छ, जसले क्रमशः ९० किमी, ११२ किमी र १५७ किमीसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । सबै भेरियन्टमा थप १.८ किलोवाट आवरको ब्याट्री थप गर्न सकिन्छ, यसले थप ५० किमी रेन्ज बढाउने कम्पनीको भनाइ छ।

स्कुटर सेग्मेन्टमै पहिलोपटक दिइएको ३.३ किलोवाटको डीसी फास्ट चार्जरबाट यो स्कुटर केवल ४१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ भने होम चार्जर प्रयोग गर्दा २ घण्टा ५० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

स्कुटरको ग्रेडेबिलिटी अर्थात् उकालो चढ्ने क्षमता २१ डिग्री छ। यो औसत विद्युतीय स्कुटरको १०–१५ डिग्रीको तुलनामा बढी हो। यसले पी२ लाई उकालो तथा भौगोलिकरूपमा चुनौतीपूर्ण सडकमा समेत प्रयोग गर्न लक्षित गरिएको देखाउँछ।

यसको आधिकारिक मूल्य भने आगामी असोज १ गते सार्वजनिक गर्ने तयारी छ। नाडामा बुकिङ लिने ग्राहकलाई आगामी अक्टोबरदेखि डेलिभरी दिने तयारी छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...