प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी एक महत्वपूर्ण सम्झौता भएको छ ।

सम्झौताअनुसार अब गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सक्नेछन् ।

उक्त सम्झौतापत्रमा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसाय प्रालिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन् ।

साे अवसरमा फोन पेका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धारा उपलब्ध गराइएको क्युआरमार्फत् विना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

गण्डकी ट्याक्सी ब्यबसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरुलाई उपलब्ध गराइने कार्यक्रम रहेको छ ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो । पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचारहरू

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

हायर पर्चेज कर्जाबारे नयाँ निर्देशन जारी : सवारी साधन किन्नका लागि लिएको ऋणमा झनै कडाइ

हायर पर्चेज कर्जाबारे नयाँ निर्देशन जारी : सवारी साधन किन्नका लागि लिएको ऋणमा झनै कडाइ

नेपाल राष्ट्र बैंकले हायर पर्चेज (सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद...

घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

घट्दै बैंक र वित्तीय संस्थाहरुले प्रवाह गर्ने अटो लोन, के हो हायर पर्चेज कर्जा ?

अर्थतन्त्र शिथिल भएको असर अटो लोनमा समेत देखिएको छ । बैंक तथा वित्तीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...