पोर्शले चीनमा गुमायो ५६ प्रतिशत बजार, ३० प्रतिशत डिलरशिप बन्द हुँदै

जर्मन अटो मेकर पोर्शले चीनमा आफ्नो डिलर नेटवर्क कम गर्ने भएको छ । पोर्शले अनुसन्धान र विकास लगानीको लागत बचत गर्न चीनमा आफ्ना ३० प्रतिशत डिलर बन्द गर्ने घोषणा गरेको हो । साथै, कम्पनीले चीनमा प्लान्ट स्थापना गर्ने योजना समेत स्थगित गरेको छ ।

सुस्त बिक्री र वित्तीय चुनौतीहरूका कारण पोर्शले चीनमा डिलरशिपको संख्यामा काटौती गर्न लागेको हो । अटोमेकरले २०२५ मा चीनमा ४१ हजार ९३८ कार बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले कम हो ।

२०२२ मा ९५ हजार ६७१ युनिट कार बिक्री गरेको कम्पनीले त्यसपछि भने बजार निरन्तर गुमाउनु परेको छ । तीन वर्षको अबधीमा पोर्शले चीनमा मात्रै ५६ प्रतिशतले बजार गुमाएको छ ।

हाल ११४ डिलर सञ्चालन हुँदै आएकोमा कटौतीपछि ८० वटामा सिमित हुने कम्पनीले जनाएको छ । २०२४ को अन्त्यसम्ममा पोर्शले चीनमा १५० डिलरमार्फत कार बिक्री गर्दै आएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...