सुजुकीले धुवाँरहित बाइक र स्कुटर ल्याउँदै

जापानी कम्पनी सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक टु ह्विल लन्च गर्ने घोषणा गरेको छ । हाल कम्पनीले यसको परीक्षण गरिरहेको छ ।

सुजुकीले सबैभन्दा पहिला आफ्नो लोकप्रिय ब्रान्ड र सबैभन्दा धेरै बिक्री हुने स्कुटर एक्सेस लन्च गर्ने सम्भावना छ । एक्सेस पेट्रोल इन्जिनको रूपमा बर्गम्यान भन्दा बढी किफायती छ ।

कम्पनीले सन् २०३० सम्ममा आफ्नो टु ह्विल सवारी साधनमा ८ मोडल समावेश गर्ने पनि घोषणा गरेको छ । यद्यपि, कम्पनीले चाँडै नै पेट्रोल सवारी साधनको बिक्री पनि गर्नेछ । सुजुकीले फ्युल र इलेक्ट्रिक पोर्टफोलियोमा आगामी ७ वर्षमा ७५ः२५ को अनुपातमा इलेक्ट्रिक र पेट्रोल इन्जिन ल्याउनेछ ।

सुजुकीले आफ्नो इलेक्ट्रिक रेन्जमा पहिले कुन बाइक लन्च गर्ने भन्ने जानकारी नभए तापनि पहिले इलेक्ट्रिक जिक्सर लन्च गर्न सक्ने अनुमान गरिएको छ । तर, सुजुकीले भारतमा बर्गम्यान म्याक्सी स्कुटरको नयाँ भेरिएन्ट लन्च गर्न सक्नेछ । कम्पनीले बर्गम्यान स्ट्रिट स्कुटरको टिजर पनि सार्वजनिक गरेको छ ।

सुजुकी बर्गम्यानमा एड्भान्स फिचर उपलब्ध छ तर नयाँ स्कुटरमा थप नयाँ फिचरसहित डिजाइन पनि परिवर्तन गर्ने अपेक्षा गरिएको छ । अपडेट बर्गम्यान यूकेको बजारमा बर्गम्यान स्ट्रिट १२५ईएक्सको नामले बिक्री भइरहेको छ । भारतमा पनि नयाँ बर्गम्यान स्ट्रिट सोही नाममा लन्च अपेक्षा गरिएको छ ।

नेपालमा भने त्यसपछि उपलब्ध हुन सक्ने छ ।

सम्बन्धित समाचारहरू

भारतमा बनेका १० कार निर्यातमा उत्कृष्ट : एस–प्रेसो पहिलो नम्बरमा

भारतमा बनेका १० कार निर्यातमा उत्कृष्ट : एस–प्रेसो पहिलो नम्बरमा

भारत कार निर्माताहरूको लागि ठूलो उत्पादन केन्द्र हो । भारतमा निर्माण...

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको नयाँ डिजायर सार्बजनिक, यस्तो छ मूल्य र विशेषता

मारुती सुजुकीले नयाँ डिजायर सार्वजनिक गरेको छ । ग्लोबल एनक्यापले हालै...

भारतमा बनेको सुजुकी फ्रङ्क्स जापानमा निर्यात सुरु

भारतमा बनेको सुजुकी फ्रङ्क्स जापानमा निर्यात सुरु

मारुती सुजुकीले मेड इन इन्डिया फ्रङ्क्सलाई जापानमा निर्यात गर्न सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...