सकियो नेपाल रेसर कप, राजकुमार र सन्दीप बने विजेता
काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी साउन १७ र १८ गते अर्थात अगस्ट २ र ३ तारिखमा दुई दिने अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ । पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी २०२५ विषयक सो कार्यक्रममा देश विदेशका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहने छ ।
सो कार्यक्रममा मुख्य वक्ताको रुपमा अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए) का भाइस प्रेसिडेन्ट, अटोमोबाइल एसोसिएसन अफ भियतनामका फाउन्डर प्रेसिडेन्ट तथा एआईपी फाउन्डेसनका संस्थापक ग्रेग क्राफ्ट तथा वक्ताहरुमा फिलिपिन्सको मनिलामा हेडक्वाटर रहेको एसिया प्यासिफिक रोड सेफ्टी अब्जर्भेटरीका चेयरपर्सन एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, फेडरेसन अफ इन्डियन अटोमोबाइल एसोसिएसन तथा वेस्टर्न इन्डिया अटोमोबाइल एसोसिएसनकी महासचिव रणजित कौर विर्क तथा अटोमोबाइल सेक्टर एसोसिएसन अफ भुटानका प्रतिनिधिहरु लगायत रहने छन् ।
ग्रेग क्राफ्टले टु ह्विलर सेफ्टी, हेल्मेट तथा एसियाली सडक सुरक्षाको विषयमा, ढकालले अब्जर्भेटरीको तर्फबाट एसिया प्यासिफिक क्षेत्रमा भएका कार्यक्रमहरुको वारेमा तथा कौरले दक्षिण एसियाको दिगो पर्यटनमा आईडीपी, सीडीपी तथा क्रस बोर्डर कनेक्टिभिटी लगायतका विषयमा बोल्ने छन् ।
सार्वजनिक यातायात : समाजवादी संविधान र सरकारका विषयमा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई र माधव सापकोटा, राष्ट्रिय सभा सदस्यद्वय शेखर सिंह र गरिमा शाह तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी विशेष वक्ताको रुपमा रहने छन् भने नेपाल इन्टरमोडल यातयात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले मल्टी–मोडल ट्रान्सपोर्टको विषय प्रस्तुत गर्नेछन् ।
त्यसैगरी स्कुल अफ अटोमोटिभ, नामटेक इन्डियाका डाइरेक्टर डा. के सी वोराले ‘सेफर भेइकल इन साउथ एसिया’ र ट्रयाक्स सोसाइटी, रोड सेफ्टी एनजीओ, नयाँ दिल्लीकी रजनी गान्धीले ‘बेस्ट प्राक्टिसेज एन्ड पोलिसी इन्टरभेन्सन इन इन्डिया’ र युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डका रिसर्च–फेलो एवम् सडक यातायातका अनुसन्धानकर्ता डा. पुष्पराज पन्तले ‘बेलायतको रोड क्लासिफिकेसन, पब्लिक ट्रान्सपोर्टेसन र भेइकल सर्टिफिकेसन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा. डा. पद्म बहादुर शाहीद्वारा ‘कम्प्यारेटिभ स्टडी अफ नेपाली जियोग्राफी एन्ड पपुलेसन, रोड एन्ड ट्रान्सपोर्ट’, नासा नेपालका सचिव सन्तोष प्रसाद न्यौपानेद्वारा ‘आईडीपी एन्ड यूएन रिजोलुसन’, डा. भगवती सेढाईद्वारा ‘मोटरसाइक्लिस्ट सेफ्टी र युथ मोबिलिटी’ र नाडा कार्यसमिति सदस्य कपिल शिवाकोटीद्वारा ‘नेपालमा सवारी साधनको आयात, उत्पादन, रोजगारी र अर्थतन्त्रमा योगदान’ विषयमा विशेष सामग्री प्रस्तुत गरिने छ ।

‘अटोल्यान्डको महत्व र यसको प्रक्रिया वारेमा इन्जिनियर महेश अधिकारी र नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, ‘नेपालको सडक सुरक्षा, कानुन, नीति निर्माण र कार्यान्वयन’ विषयमा स्वतन्त्रता अभियान नेपालकी कार्यकारी सचिव ऋतु भट्ट राई तथा ‘ड्रोन, पोडवे र माइक्रो मोबिलिटी’ विषयमा काठमाडौं पोडवेका निल भट्टराई, नेपाल पोडवे एकेडेमीका प्रविण भट्टराई लगायत र ‘साइक्लिङ एन्ड वाकिङ कल्चर’ वारेमा अभियन्ता राकेश महर्जनले बोल्ने छन् ।
हाल नेपालमा चर्चामा रहेको इलेक्ट्रिक भेइकल अर्थात ईभीको वारेमा समेत नयाँ ढंगले विश्लेषण हुनेछ । ईभी ः सम्भावना र चुनौती विषयमा ई. प्रेम लामा लगायतको प्रस्तुतीकरण रहने छ । यस्तै यातायात व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभागका महानिर्देशकहरु, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष र नेपाल अटोमाबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्यक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्षको समेत अतिथिको रुपमा सहभागिता रहनेछ ।
नेपाली अटोमोबाइल क्षेत्रलाई थप विश्वसनिय, व्यावसायिक र विश्वव्यापी बनाउने र समाजको महत्वपुर्ण अर्थ–राजनीतिक एजेन्डा बनाउने तथा नेपालका शैक्षिक तथा पेशागत संस्थाहरुसँगको सहकार्यको सुरुवात यसै डाइलगबाट हुने विश्वास नासा नेपालले गरेको जनाएको छ ।
थापाथली क्याम्पस, डिपार्टमेन्ट अफ अटोमोबाइल एन्ड मेकानिकल इन्जिनियरिङका लोचन केन्द्र देवकोटा र काठमाडौं युनिभर्सिटी, स्कुल अफ इन्जिनियरिङका गोकर्ण पौडेलको नेपालमा अटोमोबाइल रिसर्च र डेभलपमेन्ट तथा उद्यमशीलताका वारेमा विभिन्न प्रस्तुतीकरण रहने छ ।
मोटर स्पोर्ट्स : थ्रिल, एड्भेन्चर र ड्राइभ टुरिजमको विषयमा कमला छेत्रीको प्रस्तुति सहित स्लाइड शो, भिडियो र विभिन्न सामग्री प्रस्तुत गरिने सो कार्यक्रममा सडक सुरक्षा सम्बन्धी कानुन र सडक सुरक्षा परिषद तथा दिगो यातायात, स्टार रेटिङ स्कुल विषयमा सुवास भट्टराई समेतको प्रस्तुति र नेपालमा राइड सेयरिङको चुनौती र अवसरमा एकराज सुवेदीको प्रस्तुति रहने डाइलगमा सोसियल मिडिया र ब्लगिङ एवम् साउथ एसियाको अटोमोटिभ उद्योगका वारेमा समेत चर्चा हुनेछ ।
सो अवसरमा ईभी स्टडी, पब्लिक ट्रान्सपोर्ट, मोबिलिटी सिनारियो र रोड सेफ्टी अडिट तथा युथ फर रोड सेफ्टीका विषयमा राष्ट्रव्यापी अभियानको घोषणा गरिने छ भने सडक सुरक्षाको क्षेत्रमा उल्लेखनिय योगदान गर्ने व्यक्ति वा संस्थाहरुलाई प्रदान गरिने नेसनल रोड सेफ्टी अवार्ड तथा प्रशंसापत्र समेत वितरण गरिने छ ।
पछिल्लो समयमा ईभीको प्रवेश र चर्चाका कारण समेत अबको नेपाली अटोमोबाइलको गन्तव्यको वारेमा बहस हुनु पर्ने आवश्यकता बनेको छ । नेपालमा अटोमोबाइलको एसेम्बलिङ र उद्यमशीलताको समेत विकास हुन प्रारम्भ भएको अवस्थामा सो अनुसारको नीतिगत छलफलको व्यवस्था हुन सकेको छैन ।
अन्त्यमा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालद्वारा समापन गरिने सो कार्यक्रमा प्रतिनिधि सभामा सत्ता पक्षका मुख्य सचेतक महेश बर्तौला तथा प्रतिनिधि सभा विकास प्रविधि समितिका सदस्य शिव नेपालीको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा सडक यातायात तथा अटोमोबाइल क्षेत्रमा संलग्न सरकारी, गैरसरकारी संघ संस्था तथा विज्ञहरु, स्थानीय पालिकाका प्रतिनिधिहरु, इन्जिनियरिङ क्षेत्रमा संलग्न शिक्षक, विद्यार्थी, अटोमोबाइल क्षेत्रका व्यवसायीहरु लगायतको सहभागिता रहने छ । अटोमोबाइल क्षेत्रमा उदाउँदो छिमेकी भारत र दक्षिण पुर्व एशियाली इकोनोमिक टाइगर भनिने भियतनामका सफल उदाहरण र उपलब्धि समेत सो कार्यक्रमका विषय हुने छन् ।
सो पोलिसी डायलगको अयोजनाको लागि नासा नेपालका अध्यक्ष दशरथ रिसाल, सचिव महेश अधिकारी तथा मोबिलिटी म्यानेजर किरण धितालको व्यवस्थापन समिति बनाइएको छ ।
लगभग डेढ शताब्दी अघि देखि सवारी साधन प्रवेश गरेको देश नेपाल आज संसारकै अत्यधिक ब्रान्ड र राष्ट्रका सवारी साधनको गन्तव्य बनेको छ । यससँगै गाडी अनुसारको सडक, इन्धन, पूर्वाधार, जनशक्ति तथा नीतिगत व्यवस्था समेतको अभावमा नेपालको अटोमोबाइल तथा यातायात क्षेत्रले विभिन्न समस्याहरुको सामना गर्नु परेको छ ।
नेपालको अटोमोबाइल क्षेत्रमा विगत १७ वर्ष देखि क्रियाशील नेपाल अटोेमोबाइल्स एसोसिएसन (नासा नेपाल) अटोमोबाइल, मोबिलिटी, मोटर स्पोर्ट्स, पावर बोटिङ, ई–स्पोर्ट्स तथा ड्रोन र सडक सुरक्षा लगायतका क्षेत्रमा संलग्न छ ।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ फेडरेसन (एफआईएम), अन्तर्राष्ट्रिय मोटरबोट फेडरेसन (युआईएम), एलायन्स इन्टरनेसनल डे टुरिजम (एआईटी) र ग्लोबल एलायन्स अफ एनजीओ फर रोड सेफ्टी जस्ता अन्तर्राष्ट्रिय निकायहरु र राष्ट्रिय खेलकुद परिषद तथा नेपाल चेम्बर अफ कमर्समा समेत नासा नेपाल आवद्ध रहेको छ ।
रोड सेफ्टी अडिट, स्टार रेटिङ स्कुल, मोटरसाइक्लिङ सेफ्टी क्याम्पेन, रोड सेफ्टी नेसनल तथा मिडिया अवार्ड, रोड सेफ्टी फिल्म फेस्टिभल, सार्वजनिक यातायात सुधार अभियान लगायतका क्षेत्रमा स्थापित नासा नेपालले सडक र यातायात सम्बन्धी थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय तालिम, सभा, सम्मेलन आयोजना गर्दै आएको छ ।
लगभग डेढ शताब्दी अघि देखि सवारी साधन प्रवेश गरेको देश नेपाल आज संसारकै अत्यधिक ब्रान्ड र राष्ट्रका सवारी साधनको गन्तव्य बनेको छ ।
सडक यातायात र अटोमोबाइल सम्बन्धी संयुक्त राष्ट्र संघका दर्जनौ अभिसन्धिहरु पारित तथा नेपाल राष्ट्रकै बारम्बारको प्रतिबद्धता अनुसारका अन्तर्राष्ट्रिय डाइभिङ परमिट, रोड सेफ्टी नेसनल एक्सन प्लान, रोड सेफ्टी एक्ट, सार्वजनिक यातायात प्राधिकरण, स्टार रेटिङ रोड, स्कुल तथा भेइकल जस्ता महत्वपूर्ण विषयहरु झन्डै लावारिस जस्तै बनिरहेको अवस्थामा नासा नेपालद्वारा अटोमोबाइल क्षेत्रका सरोकारवालासँगको सहकार्यमा गरिने सो डायलगले यस क्षेत्रका एजेन्डालाई नीतिगत तह सम्म पु¥याउन र यस क्षेत्रमा आएका नयाँ विषयहरुलाई सेयरिङ गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नेपाली खेलकुदमा साहसिक खेल संघको रुपमा स्थापित नासा नेपाल नेपालमा ड्राइभ टुरिजम र टु–ह्विल टुरिजमको समेत लिडिङ अर्गनाइजेसन हो । गाडी र भारीको सवारी भन्ने अवस्थावाट आज टुरिजम, महिला सशक्तिकरण, खेलकुद संस्कृति र सुरक्षा समेतको पर्याय नेपाली र विश्वकै अटोमोबाइल बनेको छ ।
पछिल्लो समयमा ईभीको प्रवेश र चर्चाका कारण समेत अबको नेपाली अटोमोबाइलको गन्तव्यको वारेमा बहस हुनु पर्ने आवश्यकता बनेको छ । नेपालमा अटोमोबाइलको एसेम्बलिङ र उद्यमशीलताको समेत विकास हुन प्रारम्भ भएको अवस्थामा सो अनुसारको नीतिगत छलफलको व्यवस्था हुन सकेको छैन ।
सार्वजनिक यातायातको कहाली लाग्दो अवस्था र मोटरसाइकलद्वारा सिर्जित नयाँ चुनौतीको सामना गर्न समेत दीर्घकालीन र नीतिगत सुधार गर्नुपर्ने आवश्यकता छ । ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ आधुनिक विश्वको मुख्य पर्यटकीय प्रोडक्ट बन्दै गएको अवस्थामा कमजोर सडक संरचना र मोबिलिटी पूर्वाधार देशका लागि ठूलो चुनौती बनेको छ । त्यसको सुधारका लागि समेत योजनावद्ध र व्यवस्थित सुधार प्रयत्नको खाँचो देखिन्छ ।
स्थापनाको शुरुवात देखि नै सडक सुरक्षामा सक्रिय उपस्थिति देखाएको यस संघले टोल देखि वर्ल्ड सम्म आफूलाई अब्बल सावित गरेको छ । नेपाली अटोमोबाइल क्षेत्रको एउटा लिडिङ संस्थाको नाताले यस क्षेत्रका समस्या, चुनौती, सम्भावना र प्रविधि वारेमा नीतिगत छलफल गर्नु गराउनु दायित्व समेत हो ।
विश्वका अटोमोबाइल, सडक यातायातको क्षेत्रको परिदृष्य, प्रस्ताव र प्रभावको आंकलन गर्ने, नेपाली व्यवसायी, नीति निर्माता र संलग्नलाई सूचित गर्ने तथा त्यसको सर्वाधिक सदुपयोग गर्ने तथा सम्भावित चुनौती सामना गर्ने रणनीतिको लागि समेत यस्ता डायलगहरु महत्वपूर्ण हुन सक्नेछन् ।
अटोमोबाइल क्षेत्रको एउटा शसक्त संघ हुनुको नाताले पनि नेपालमा त्यसको व्यावसायिक सपना, सम्भावना र सार्थकताको खोजी गर्नेे सार्थक प्रयासमा थुप्रै संघ–संस्था र व्यक्तित्वहरु सँगसँगै हुनु नै यस क्षेत्रका लागि सुखद संकेत पनि हो ।
काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न...
काठमाडौं – एसियन अटो जिमखाना च्याम्पियनसिप २०२५ को तेस्रो राउन्ड भारतको...
सातौ युएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा अति नै संवेदनशील बनिरहेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...