बाइक राइडरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं–नगरकोट जाने बाटोमा बाइक राइडर युवामाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६, नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई पक्राउ गरेको हो ।

केही दिनअघि नगरकोटतर्फ जाँदै गरेका दुई जना भ्लगर माथि तामाङले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए । सामान्य विवादजस्तो देखिएको उक्त घटनामा युवाहरूले आफूहरूको कुनै गल्ती नरहेको बताइरहँदा पनि उनले पालैपालो आक्रमण गरेका थिए ।

घटनाको भिडियो ती युवाहरूले गोप्रो क्यामेरामा कैद गरेका थिए, जुन पछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियो सार्वजनिक भएसँगै दोषीमाथि कारबाहीको माग व्यापक रूपमा उठेको थियो ।

सोही आधारमा प्रहरीले उनको खोजी तीव्र बनाएर बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...