बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
तुलसीपुर – दाङको तुलसीपुरमा अवस्थित अटो भिलेजको व्यवस्थापन समितिको अध्यक्षमा पदम पोखरेल (जेठु कान्छु) निर्वाचित भएका छन् । तुलसीपुरमा सम्पन्न अटो व्यवसायीहरुको वृहत भेलाले युवा व्यवसायी पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा कमल गौतम, उपाध्यक्षमा ठाकुर बिक, सचिवमा विनोद चौधरी र कोषाध्यक्षमा चिरञ्जिवी रेग्मी चयन भएका छन् ।
सदस्यहरुमा नरेन्द्र प्रसाद चौधरी, हरी भुसाल र धनबहादुर बोहरा चयन भएका छन् । निवर्तमान अध्यक्ष टोपबहादुर महताराको अध्यक्षतामा बसेको बैठकले व्यावसायिक हकहितका लागि विभिन्न निर्णय समेत गरेको बताइएको छ ।
नेपालभर विभिन्न सहरी क्षेत्रमा भएका अटो वर्कसपहरुलाई एकै स्थानमा राखेर अटो भिलेज स्थापना गर्ने पहल भइरहेको छ । तुलसीपुरमा भएको अटो भिलेज पनि एक उदाहरणीय अटो भिलेज मानिन्छ ।
बिजुली, सडक, सञ्चार, खानेपानीको सहज पहुँच हुनुका साथै गाडी मर्मत तथा पार्किङका लागि समेत व्यवस्थित भएपछि यसलाई नेपालकै पहिलो नमूना अटोभिलेज भनेर दाबी गरिएको छ । यद्यपि यो भन्दा पहिले बुटवलमा पनि अटो भिलेज सञ्चालनमा छ ।
बिग्रेका बस, ट्रयाक्टर, ट्रक, कार, जिप मर्मत गर्ने तथा तिनको बडी बनाउने र मोटर पार्ट्स पाइने स्थानलाई अटोभिलेज भन्ने गरिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...