थाहा छ, तपाईको सवारी साधनको वार्षिक कर कति ?
प्रत्येक वर्ष यातायात व्यवस्था कार्यालयमा सवारी साधनको वार्षिक कर तिर्नु...
काठमाडौं – नयाँ वर्ष २०८० को अवसर पारेर आयोजना गरिने १३औं पोकर रनको मुख्य प्रायोजक रोयल इन्फिल्ड नेपाल हुने भएको छ ।
आयोजक स्याक्रेड समिट र रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ बीच यस सम्बन्धी सम्झौता सम्पन्न भएको छ । गत शुक्रबार एक कार्यक्रम बीच अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेल र स्याक्रेड समिटका सीईओ रवि थापाले यस सम्बन्धी सम्झौता आदानप्रदान गरे ।
आगामी चैत्र ३१ गते नेपाल पर्यटन बोर्डको प्रांगणबाट सुरु भै राइडरहरु विभिन्न किसिमको रंग, बनावट र सजावटले सुसज्जित ३५० सीसी भन्दा माथिका आ–आफ्नो रोयल इन्फिल्ड मोटरसाइकल चढेर करिव २०० किलोमिटरको दुरी पार गर्दै त्यही बेलुकी पोखरा पुग्ने छन् ।
पोकर रनको सह–प्रायोजकको रुपमा यति ब्रुवरिज, डाबर नेपाल रियल जुस र कवच राइडिङ गियर आदि रहेका छन् भने अन्य व्यक्तिको सहयोगमा समेत यो कार्यक्रम हुन गइरहेको हो ।
पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा त्यो रातको बास, गाँस र चास (मधुशाला, पार्टी, मनोरञ्जन) को व्यावस्था गरिएको हुन्छ । यस पटकको पोकर रन नेपाल कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, संयुक्त अधिराज्य, क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित २५० को हाराहारीमा सहभागी रहने छन् । पोकर रन नेपाल सम्पुर्ण एसिया महादेशमै एक मात्रै पाँच तारे दर्जाको मोटरबाइक कार्यक्रम हो ।
यस कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले ताससँग सम्बन्धित एक किसिमको खेललाई बुझाउछ । पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एक–एक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ ।
अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउदा जसको दाउ सबै भन्दा ठुलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनीद्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ । कार्यक्रमकै अंश अनुरुप वैशाख १ गतेका दिन पोखरा ग्राण्ड होटलको प्रांगणमा लाइभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम गरी सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरिन्छ ।
कम्पनी स्याक्रेड सम्मिट्स प्रालिलाई यो एउटा कार्यक्रम मात्रै नभई सम्पूर्ण हिमालय क्षेत्र (नेपाल, भारत, चीनको तिब्बत, भुटान) मा क्लासिक तथा भिण्टेज मोटरसाइकल टुरिजमको जन्मदाता नै मानिन्छ । दिवंगत राइडर मित्र बिनोद क्षेत्रीको सम्झनामा अर्पण गर्दै रवि थापा र अस्ट्रेलियामा हार्लि पोकर रन अस्ट्रेलिया संचालक स्टेवि मक्लिन मिलेर सन् २००९ मा जम्मा २२ जना मोटरबाइक राइडरहरुको सहभागिताका साथ सुरुवात गरिएको पोकर रन नेपाल कार्यक्रम (सुरुवाती दिनमा द इनफिल्ड रंदेभु एण्ड पोकर रनको नाममा संचालन भै सन् २०२१ देखि पोकर रन नेपाल नामाकरण गरिएको) यस साल, सन् २०२३ सम्म आइपुग्दा ४०० जना भन्दा धेरैको (सन् २०१५ मा ४१५ जना) सहभागिता हुने गरेको छ ।
पोकर रन नेपाल एउटा राइडिङ्ग इभेन्ट मात्रै नभई यो जिन्दगीमा एक पटक अनुभव गर्ने पर्ने कार्यक्रम भएकाले सबै उमेर समूह, महिला वा पुरुष, साथीभाई, इस्ट मित्र मिलेर एकैसाथ रमाइलो गर्न पाइन्छ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नै मोटरसाइकल यात्रामार्फत भातृत्वको विकास गर्नु हो ।
यसमा सहभागीलाई प्रदान गरिने सुन्दै रोचक लाग्ने बिभिन्न किसिमका पुरस्कारहरु हुन् – बेस्ट इन्फिल्ड अवार्ड, द बेस्ट सपोर्टिङ्ग वुमन राइडर, सिनियर सिटिजन अवार्ड, हार्ड लक अवार्ड (यात्रा अवधिभर जसको मोटरसाइकलले सबै भन्दा धेरै दुःख दियो) जस्ता पुरस्कारहरु दिइन्छ ।
यो कार्यक्रमको माध्यमबाट देशमा एउटा नौलो किसिमको पर्यटन विकास र त्यसको प्रवर्द्धन हुने गर्छ । बैशाख १ गतेका दिन सबै सहभागीहरु पोखराको दुरदराजमा रहेका सरकारी विद्यालयमा गई विभिन्न शैक्षिक सामग्री समेत हस्तान्तरण गर्ने गरिन्छ ।
प्रत्येक वर्ष यातायात व्यवस्था कार्यालयमा सवारी साधनको वार्षिक कर तिर्नु...
काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
काठमाडौं – नेपालमा रोयल इन्फिल्डको नयाँ स्क्र्याम्बलर बाइक स्क्राम ४११...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...