पोकर रनको १३ औं संस्करणमा देश विदेशका २५० वढी राइडर सहभागी हुने

पोकर रनको नयाँ संस्करण आगामी अप्रिल १३ अर्थात चैत ३० देखि शुरु हुने भएको छ । काठमाडौंबाट रोयल इन्फिल्ड लगायतका विभिन्न मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको छ ।

एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सन् २००९ देखि गर्दै आएको पोकर रनको यस पटक १३ औं संस्करण हो । यस पटक २५० भन्दा बढी राइडर सहभागी हुने अपेक्षा गरिएको अयोजकले जनाएको छ ।

कार्यक्रममा रोयल इन्फिल्ड सहित ३०० सिसी माथीका क्लासिक बाइक राइडर सहभागी हुनेछन् । नेपालका विभिन्न भागका राइडरका साथै यस पटक अस्ट्रेलिया, फ्रान्स, जापान र भारतका विभिन्न स्थानका राइडर समेत सहभागी हुने बताइएको छ ।

निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ । प्रत्येक विन्दुमा सहभागीले एक एकवटा तासको जस्तो पत्ती अर्थात पोकर उठाउन पाउछन् । वीचमा उनीहरु साथसाथै जान्छन् । एकै स्थानमा मोटरसाइकलको लहर देख्दा एक प्रकारको रौनकता पनि थपिन्छ । अन्तिम विन्दुसम्म पुग्दा जसको नम्बर बढी हुन्छ, उसैलाई बिजेता घोषणा गरिन्छ ।

राइडरहरुका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो । तर यो भन्दा वाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ ।

त्यसैगरी बेस्ट सपोर्टिङ वुमन राइडरका साथै सबैभन्दा लामो दुरी पार गरी कार्यक्रममा भाग लिन आउने राइडरलाई ‘द लङगेस्ट डिस्टेन्स राइडर’, सबैभन्दा धेरै उमेरको राइडरलाई ‘सिनियर सिटिजन्स अवार्ड’ र सबैभन्दा धेरै ब्रेकडाउन हुने मोटरसाइकललाई ‘हार्ड लक अवार्ड’ प्रदान गरिने छ ।

सधैका वर्षहरुमा जस्तै यस पटक पनि च्यारिटीको आयोजना गरिने र यसबाट उठेको रकम पोखराकै स्थानीय विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने अल्पसंख्यक जातिय पृष्ठभूमिका विद्यार्थीहरुलाई सहयोग स्वरुप प्रदान गरिने बताइएको छ ।

चैत ३० का दिन नेपाल पर्यटन बोर्डको प्रांगणबाट राइडरहरुको टोली पोखराका लागि प्रस्थान गर्नेछ । उनीहरुले पहिलो कार्ड यही संकलन गर्नेछन् । त्यसपछि दोस्रो कार्ड नौविसेमा संकलन हुनेछ भने मुग्लिनमा तेस्रो र पोखरा भन्दा ३५ किलोमिटर यता अकला हाइवेमा चौथो कार्ड संकलन हुनेछ ।

अन्तिम गन्तव्य पोखरा ग्रान्डीमा पाँचौ कार्ड संकलन हुनेछ । त्यही नै सहभागीहरुले लाइभ ब्यान्ड, बार्बेक्यु, डिनर सहित उत्साहपूर्वक नयाँ वर्ष २०८० मनाउने छन् । प्रख्यात डिजे व्ल्याक र दार्जलिङको चर्चित व्राण्ड रस्टिनेल्स व्यान्डले लाइभ म्यूजिक प्रश्तुत गर्ने भएका छन् । पोकर रनमा सहभागी हुन चाहने इच्छुकले अप्रिल ५ सम्ममा आफ्नो नाम दर्ता गराईसक्नु पर्नेछ ।

नयाँ वर्ष २०८० को पहिलो दिन च्यारिटी राइड र विभिन्न पुरस्कार वितरणको कार्यक्रम सम्पन्न गरी अर्को दिन राइडरहरु आफ्नो गन्तव्यमा फर्किने छन् ।

सम्बन्धित समाचारहरू

यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी नवनियुक्त विक्रेता अल्फा...

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

काठमाडौं – लामो निषेधाज्ञा वा लकडाउनको समयमा धेरै बाइकहरु घरैमा थन्किएका...

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

२५० देखि ४०० सीसी सम्मका मोटरसाइकलको कर घट्यो, केही मूल्य घट्ने

काठमाडौं – सरकारले हिजो प्रस्तुत गरेको बजेटमार्फत २५० देखि ४०० सीसी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...