फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम...
काठमाडौं – नेपाल रिकन्डिसन अटो व्यवसायी संघले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर रिकन्डिसन अटो व्यवसायका समस्या राखेको छ । संघका अध्यक्ष रमेश कोइरालाको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको रिकन्डिसन अटो व्यवसायी संघको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसमक्ष रिकन्डिसन अटो व्यवसायले भोगिरहेका समस्या र समाधानका उपाय राखेको हो ।
संघका अध्यक्ष कोइरालाका अनुसार प्रधानमन्त्री ओलीले सबै खालका व्यवसायले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै निर्धक्क भएर व्यवसाय गर्न आग्रह गरेका छन् । उनले देशमा लगानीमैत्री वातावरण बनाउनु वर्तमान सरकारको मुख्य उदेश्य रहेको दोहोर्याउँदै यसका लागि नीतिगत सुधार र सहजीकरण गर्दै आफू नेतृत्वको सरकार अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
रिकन्डिसन अटो व्यवसायी संघले देशले आर्थिक र सामाजिक विकासका लागि प्रधानमन्त्रीबाट कुशल नेतृत्व र मार्गदर्शन प्राप्त हुने विश्वास लिएको बताएको छ । संघले प्रधानमन्त्री ओलीलाई बधाई दिँदै सफल तथा अविष्मरणीय कार्यकालको कामना गरेको छ ।
प्रधानमन्त्रीलाई भेट्न गएको अटो व्यवसायी संघको टोलीमा अध्यक्ष कोइरालासहित बरिष्ठ उपाध्यक्ष राजकुमार देवकोटा, उपाध्यक्ष प्रविन लामिछाने, महासचिव कुमार बोगटी, सचिव डुक्पा घले, कोषाध्यक्ष प्रदीप राना मगर, सल्लाहकार शैलेन्द्रप्रसाद श्रेष्ठ तथा सदस्यहरु राजेन्द्रमान श्रेष्ठ, मुक्तिनाथ न्यौपाने (सन्तोष), अशोक धिताल, टोक बहादुर पौडेल (अर्जुन) एवम् व्यवसायी सदस्य नवीन थापा पनि सहभागी थिए ।
नयाँ कार्यकालका लागि कोइरालाको अध्यक्षतामा नयाँ समिति बने पश्चात रिकन्डिसन अटो व्यवसायीहरुको संस्था नेपाल रिकन्डिसन अटो व्यवसायी संघ थप क्रियाशील बनेको छ । देशका विभिन्न प्रदेशहरुमा संगठन विस्तार कार्यलाई समेत संघले व्यापकता प्रदान गरिरहेको छ ।
सेकेन्ड ह्यान्ड चार पांग्रे सवारी बिक्रेताहरु यो संघमा आवद्ध छन् ।
काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम...
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको...
काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...