नाडा अटो शोमा नामी ०६ सार्वजनिक
काठमाडौ– भृकुटीमण्डपमा आजदेखी सुरु नाडा अटो शो २०२५ मा नामीको विद्युतीय...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको पर्व मानिने नाडा अटो शो २०२५ प्रारम्भ भएको छ । राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा प्रारम्भ भएको अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको छ ।
नाडा अटो शो २०२५ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आज देखाइएका नयाँ प्रविधि भविष्यमा नेपालमा पनि प्रयोगमा आउने बताउँदै प्रविधिलाइ कसैले पनि नकार्न नसक्ने बताए । उनले भने, ‘स्कुल पढ्ने विद्यार्थीले मोटरसाइकल बनाउन थालिसके, जुन गर्वको विषय हो ।’
अटोमोबाइलको प्रयोगले व्यापकता पाइरहेको र हाल युवाहरूको समय रहेको बताउँदै उनले नाडाको अध्यक्ष पनि युवा नै रहेकोेमा भन्दै खुसी व्यक्त गरे । बजेट र मौद्रिक नीतिमा उदारता अपनाइएको, पूर्वाधार विकासमा जोड दिइएको र देशैभर हाइवे निर्माण भइरहेको बताउँदै उनले व्यवसायीहरु असन्तुष्ट हुनुपर्ने ठाउँ नदिइएको बताए । नेपाल ईभीमा अगाडि बढिसकेको र ग्रिन हाइड्रोजनमा पनि अग्रसरता देखाएको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याएको अटोमोबाइल बजारमा सुधारको संकेत देखा परेको बताउँदै नीतिगत सुधार गरेकोमा सरकारलाई धन्यवाद दिए । ईभीको बजार बढ्नु सकारात्मक भएको बताउँदै ढकालले युरो ६ का लागि अर्डरमा रहेका सवारीमा समय दिन आग्रह गरे ।
नाडाले आयोजना गर्दै आएको अटो शोको यो १७औं संस्करण हो । नाडा गठन भएको ५० वर्ष पुरा भएको अवसरसमेत परेका कारण यसपटकको नाडा अटो शोलाई भव्य र सभ्य बनाउन हरसम्भव प्रयास गरिएको नाडा अध्यक्ष करण चौधरीले बताए । अध्यक्ष चौधरीले नेपालका लागि अटो शो गौरवको विषय भएको बताउँदै उनले अटोमोबाइल क्षेत्रबाट १० लाख रोजगारी सिर्जना भएको बताए । उनले सीप र रोजगारी दिएर युवालाई देशमै रोक्नका लागि भूमिका खेल्न सक्ने व्यवसायिक थलो समेत बन्न सक्ने बताए । पहिलो पटक फ्लाइङ कार लगायतका विभिन्न प्रविधि नाडा अटो शोमा प्रदर्शन गरिएको बताउँदै उनले ४० प्रतिशत बुकिङ नाडाबाटै हुने बताए ।
आगामी भाद्र ८ सम्म चल्ने नाडा अटो शो २०२५ नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुँदैछ। यस वर्षको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू र भिन्टेज मोटर शो रहेका छन् ।

‘गो फर मोर’ नाराका साथ आयोजना गरिएको प्रदर्शनीले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहेको आयोजकको भनाइ छ ।

एक लाखभन्दा बढी आगन्तुकको सहभागिता हुने अपेक्षा गरिएको शोमा १ सय २५ भन्दा बढी प्रदर्शक रहेका छन् । करिब तीन लाख वर्गफुट क्षेत्रमा फैलिएको प्रदर्शनीस्थलमा १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र समेटिएको छ । प्रदर्शनीको मुख्य आकर्षणमा युनिट्री रोबोट्स नामक अत्याधुनिक चारपांग्रे रोबोट र दिपलको ईभीटोल यूएभी (उड्ने सवारी) छन् । त्यसैगरी पुराना गाडीहरुको प्रदर्शनी भिन्टेज मोटर शो समेत रहेको छ ।
‘मेड इन नेपाल’ प्याभिलियनमा स्वदेशमै निर्मित सवारी तथा अटो पाट्र्स देखाइएको छ भने अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी सहकार्य प्रवद्र्धन गरिनेछ । ईभी र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तक्र्रिया कार्यक्रम पनि हुनेछ ।

सुविधा र सुरक्षाका लागि दुईपांग्रे, चारपांग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स र वित्तीय सेवालाई सुविधाजनक जोनमा विभाजन गरिएको छ । खल्ती एपमार्फत टिकट खरिद गर्न सकिने व्यवस्था छ भने मिडिया डेस्क, ट्राफिक सूचना डेस्क र आपतकालीन स्वास्थ्य टोली, सुरक्षा निगरानी आदिको व्यवस्था गरिएको छ ।
नाडा अटो शो २०२५ को टाइटल स्पोन्सर एमएडब्लु वृद्धि अर्थात युनिट्री रहेको छ । त्यसैगरी को–स्पोन्सर शिखर इन्स्योरेन्स, पावर्ड बाई क्याम्पा कोला, मोबिलिटी पार्टनर याङगो, टिकेटिङ पार्टनर खल्ती बाई आईएमई, इन्टरनेट पार्टनर वल्र्डलिंक, सर्भिलियन्स पार्टनर सीसीटीभी नेपाल, फायर सेफ्टी पार्टनर हिमालयन सेफ्टी सोलुसन र हस्पिटल पार्टनर किस्ट हस्पिटल रहेको छ ।
हस्पिटालिटी पार्टनर द प्लाजा रहेको नाडा अटो शो २०२५ को डोर प्राइज नेपाल ल्युब आयलले उपलब्ध गराउने छ । ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिले इभेन्ट व्यवस्थापन गरेको छ ।
काठमाडौ– भृकुटीमण्डपमा आजदेखी सुरु नाडा अटो शो २०२५ मा नामीको विद्युतीय...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा र एशियाली विकास बैंक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...