काठमाडौँ महानगरपालिकाको प्राथमिकतमा फुटपाथ र पार्किङ व्यवस्थापन
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई...
दशैं अब समापनको नजिक पुगेको छ । मान्यजनबाट टिका ग्रहण गरे पश्चात नजिकका गन्तव्य घुम्नका लागि उपयुक्त हुन्छ । दशैं पश्चातको समयमा मौसम पनि रमाइलो हुने भएका कारण घुम्नका लागि यो समय धेरैका लागि सहज समेत हुन्छ ।
नेपालका ठूला चाडपर्वमध्ये दशैं विशेष महत्व बोकेको पर्व हो । यो समयमा घरपरिवारसँग टीका–जमरा लगाउने, आशीर्वाद लिने र रमाइलो गर्ने परम्परा छ । तर पछिल्ला वर्षहरूमा यो परम्परा अलिक परिवर्तन भएको छ । धेरै परिवारहरू अब घरमा मात्र सीमित नरहेर स–परिवार घुम्न निस्किने प्रचलन बढ्दो छ ।
दशैंको बिदा लामो हुने, वर्षा सकिएर मौसम सफा हुने र हिमालहरूको दृश्य स्पष्ट देखिने भएकाले यो घुमघामका लागि आदर्श समय पनि हो । पछिल्ला वर्षहरूमा दशैं बिदालाई सदुपयोग गरी काठमाडौंबाट नजिकका पर्यटकीय स्थलहरूमा सपरिवार हाइकिङ, क्याम्पिङ र साहसिक खेलहरू खेल्ने चलन बढेको छ । मौसमका हिसाबले पनि सेप्टेम्बर–अक्टोबरमा तापक्रम १५–२५ डिग्री सेल्सियस हुन्छ, जसले पदयात्रा वा एड्भेन्चरलाई सजिलो बनाउँछ ।
यो अवस्थामा विशेष गरी काठमाडौं नजिक रहेकाहरुका लागि उपयुक्त गन्तव्यको वारेमा जानकारी दिने प्रयास हामीले गरेका छौ । यी ठाउँहरू एड्भेन्चर, प्राकृतिक सुन्दरता, धार्मिक महत्व र परिवारिक पिकनिकका लागि निकै उपयुक्त छन् ।
१. सुकुटेः एड्भेन्चरको स्वर्ग
काठमाडौंबाट मात्र ६५ किमी पूर्वमा रहेको सिन्धुपाल्चोकको सुकुटे राफ्टिङको राजधानी नै मानिन्छ । २ देखि ४ हजारमै १०–१५ किलो मिटरको लम्बाईमा फैलिएको भोटेकोशी नदीमा राफ्टिङ गर्दा थ्रिलको अनुभव हुन्छ । यहाँ १६० मिटर उचाईबाट बन्जी जम्प, क्यानोइङ, रक क्लाइम्बिङ, जिपलाइन, ३६० डिग्री स्विङ र स्काई साइक्लिङ जस्ता १० भन्दा बढी एड्भेन्चर पनि गर्न सकिन्छ । दशैंमा एक दिन मज्जाले घुमेर फर्किन सकिन्छ । रात नै बस्न चाहनुहुन्छ भने आवासका लागि नदी किनारका रिसोर्टहरू र टेन्ट क्याम्पहरू उपलब्ध छन्, जहाँ स्थानीय माछा र बार्बेक्यूको मजा लिन सकिन्छ ।
२. धुलिखेलः जीपलाइन र हजार सिँढीको मजा
काठमाडौंबाट ३१ किमी पूर्वमा रहेको धुलिखेल परिवारिक घुमघामको क्लासिक गन्तव्य हो । यहाँको हजार सिँढी चढेर काली मन्दिर पुग्दा व्यायाम र काभ्रेका सुन्दर पहाडहरूको दृश्यले मन मनमोहक हुनछ । यहाँको ५०० मिटर लामो जीपलाइन र सूर्योदय दृश्यले थप रोमाञ्च थप्छ । धुलिखेलबाट गौरीशंकर, लाङटाङ र ल्होत्से जस्ता हिमालहरू प्रष्ट देखिन्छन् । अझैं विशेषगरी यो स्थान दशैंको पिकनिक स्पटका रूपमा निकै लोकप्रिय स्थान पनि हो । तपाई यदि साझ बस्न चाहनुहुन्छ भने यहाँ २ हजारदेखि १० हजारसम्मका लक्जरी आवास होटल तथा आवासहरुमा बस्न सक्नु हुन्छ ।
३. नगरकोटः सूर्योदयको राजधानी
काठमाडौंबाट ३२ किमी उत्तर–पूर्वमा रहेको नगरकोट विश्वका उत्कृष्ट १० सूर्योदय स्थलमध्ये एक हो । यस स्थानबाट सगरमाथा, धौलागिरि, कञ्चनजंघा, मनास्लु, गणेश, लाङटाङ जस्ता २० बढी हिमालहरू देखिन्छन् । अझैं भ्यू टावरबाट ३६० डिग्री दृश्य र जिपलाइन पनि उपलब्ध रहेको छ । दशैंमा १–२ दिन बस्ने गरी जाने सोचम हुनुहुन्छ यस स्थानका रिसोर्टहरू ३ हजारदेखि १५ हजारसम्मका पाउन सक्नु हुन्छ ।
४. बेथानचोकः हिमाली पानोरामा
काभ्रेको यो डाँडा काठमाडौंबाट ४४ किलो मिटरमा अवस्थित छ । ३ घण्टा गाडी र ५ घण्टा पदयात्रापछि पुगिने यो स्थानबाट सर्वोच्च शिखर सगरमाथा, धौलागिरि, मकालु, मनास्लु जस्ता हिमालहरू नजिकबाट देखिन्छन् । क्याम्पिङ र सूर्योदय÷सूर्यास्त हेर्नेहरूका लागि उत्तम मानिने यो स्थान प्रकृति प्रेमी, धार्मिक पर्यटक र छोटो साहसिक यात्रा चाहनेहरूका लागि निकै उपयुक्त मानिन्छ।
५. भोटेचौरः मिनी इलामको हरियाली
सिन्धुपाल्चोकको भोटेचौर काठमाडौंबाट ३८ देखि ४० किलोमिटरमा अवस्थित यो स्थानलाई ‘मिनी इलाम’ पनि भनिन्छ । चिया बगान, हरियाली पहाड र फोटोग्राफीका लागि उपयुक्त यो स्थानमा एवरेस्ट टी गार्डनमा चिया टेस्टिङ र हाइकिङ पनि गर्न सकिन्छ । परिवारसँग पिकनिक वा दुईदिने ट्रिपमा निस्कन सकिने यो स्थानमा सुविधासम्पन्न होटलहरू पनि उपलब्ध छन् ।
६. ककनीः स्ट्रबेरी र ट्राउटको स्वाद
काठमाडौंबाट २० देखि २२ किलोमिटर उत्तरमा अवस्थित यो स्थान प्राकृतिक सौन्दर्य, कृषि उत्पादन र छोटो हाइकिङका लागि निकै लोकप्रिय छ। यहाँबाट गणेश हिमशृङ्खला, सूर्योदय र सूर्यास्तका मनमोहक दृश्यहरू देखिन्छन् । त्यसैगरी यस स्थानबाट बादलहरूको लुकामारी, काठमाडौं उपत्यका, दामन र सिमभन्ज्याङ जस्ता ठाउँहरू अवलोकन गर्न सकिन्छ । यहाँ वसन्ती दरबार र रुम्बा राजाको दरबार जस्ता ऐतिहासिक स्थलहरू पनि नजिकै रहेका छन् । एकदिने ट्रिपका लागि उपयुक्त स्थानका रुपमा ककनीमा पनि दशैँको बिदामा घुम्न सकिन्छ ।
७. चिसापानीः राष्ट्रिय निकुञ्जको हाइक
नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको सिमानामा अवस्थित चिसापानी रमणीय पर्यटकीय स्थल हो । यो काठमाडौं उपत्यकाबाट करिब २१ किलोमिटर उत्तरपूर्वमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्छ यो स्थान ट्रेकिङ, प्राकृतिक सौन्दर्य र शान्त वातावरणका लागि प्रसिद्ध छ । परिवारसँग १–२ दिने हाइकमा जान चाहनु हुन्छ भने यो स्थान प्रकृति प्रेमी, ट्रेकर र शान्त वातावरण खोज्नेहरूका लागि उत्कृष्ट गन्तव्य हो।
८. सिम्बा फलः झरनाको रोमान्स
खोला, जंगल र झरनामा रमाउनेका लागि सिम्बा फल अर्थात् सिम्बा झरना उपयुक्त स्थान हुन सक्छ । सिम्बा झरना ललितपुरको दक्षिणी भेगमा रहेको महांकाल गाउँपालिका वडा नम्बर १ बुखेलको खावा भञ्ज्याङ र वडा नम्बर २ को रिगिन खोलामा पर्छ । पाँच खुड्किलाहरू भएको यो झरना रिगिन खोलामा बग्छ, जसले मनमोहक दृश्य सिर्जना गर्छ। यो झरनामा प्रायः शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको घुइँचो लाग्छ । सिम्बा फल काठमाडौंबाट एक दिनमै पुगेर फर्किन सकिन्छ ।
९. चित्लाङः चिसो र पाराग्लाइडिङ
चित्लाङ मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० मा अवस्थित एक ऐतिहासिक र रमणीय उपत्यका हो । यो काठमाडौं उपत्यकाबाट लगभग २९ किलोमिटर दक्षिणपश्चिममा पर्छ र समुद्री सतहबाट करिब १७ सय मिटर उचाइमा रहेको छ । उत्तरमा चन्द्रागिरी डाँडा र दक्षिणमा महाभारत शृङ्खला घेरिएको यो स्थान भुटानको ‘पारो भ्याली’ सँग तुलना गरिन्छ । सदाबहार चिसो हावा चल्ने र हरियाली जंगलले घेरिएको यो उपत्यका गर्मीबाट बच्नेका लागि आदर्श स्थान हो । यहाँबाट चन्द्रागिरी, दामन र महाभारत शृङ्खलाको मनोरम दृश्य देखिन्छ । यस स्थानमा सम्राट अशोकले बनाएको अशोक चैत्य र अशोक बिहार जस्ता प्राचीन स्थलहरू छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यही बसेर ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत लेखेका थिए ।
१०. कुलेखानीः तालको डुंगा सयर
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानी मनमोहक पर्यटकीय स्थल हो । यो काठमाडौंबाट करिब ४५ किलोमिटर दक्षिणपश्चिममा पर्छ र समुद्री सतहबाट लगभग १५ सय मिटर उचाइमा अवस्थित रहेको छ । कुलेखानी विशेष गरी इन्द्रसरोवर जलाशयका लागि प्रसिद्ध मानिन्छ । यो स्थान तालको सौन्दर्य, बोटिङ र माछा परिकारका लागि पनि लोकप्रिय छ । कुलेखानीबाट १–२ घण्टाको हाइकमा मोहिनी झरना पुग्न सकिन्छ जुन प्राकृतिक सौन्दर्य र फोटोग्राफीका लागि लोकप्रिय मानिन्छ । कुलेखानीमा बस्न र खान सुविधायुक्त होटलहरू छन्।
यस्तै यहाँ माछाका परिकारको स्वाद लिन पाइन्छ। काठमाडौंबाट नजिक भएकाले यो स्थान एकदिने वा दुईदिने वीकेण्ड ट्रिपका लागि निकै उपयुक्त छ ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई...
काठमाडौं – अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा...
जाडो महिनाको आगमनसँगै नेपालका पहाडी सडक र भित्री मधेशका क्षेत्रहरूमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...