नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

काठमाडौं – विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरु एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाइलट एसोसिएसन अफ नेपाल संचालनमा ल्याइएको छ । जससँगै संगठित पाइलटहरु पाइलटको व्यावसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक अभिवृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् ।

यही प्रयासको पहिलो कदमका रुपमा आउँदो शनिबार अप्रिल १९, २०२५ का दिन मल्ल होटलमा नेपालको पहिलो पाइलट समिट, स्काईवेल पाइलट समिट २०२५ आयोजना हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आथित्यता रहने से समिटका लागि टाइटल स्पोन्सरको रुपमा पहिलो रियल एसयूभी ईभी स्काईवेल रहने बताइएको छ ।

टाइटल स्पोन्सरको रुपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालको आधिकारिक आयातकर्ता जी मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाइलट जस्तो संवेदनशील पेशाकर्मीसँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुसी व्यक्त गर्दै, यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाइलट र स्काईवेल दुवैको उदेश्यमा मेल खाने भएकैले यो सहकार्य सम्भव भएको बताए ।

स्काईवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाइड इलेक्ट्रिक ईभी हो भने यसले चाईना एनक्याप सेफ्टी रेटिङमा फाइभ स्टार रेटिङ् प्राप्त गरेको छ । फाइभ स्टार एनक्याप सेफ्टी रेटिङको सबैभन्दा उच्चतम मापदण्ड हो । नेपालकै पहिलो पाइलट समिटको टाइटल स्पोन्सरको रुपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाइलट एसोसिएसन अफ नेपालको आधिकारिक मोबिलिटी पार्टनरको रुपमा चिनिने छ ।

सम्झौतामा हस्ताक्षर गर्दै पाइलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले शुरुवाती चरणमै देखाएको तत्परता र विश्वासप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिबद्ध संस्थाको सहकार्यको यो अनुपम नमूना भएको बताए ।

सो समिटको अवसर पारेर पाइलट एसोसिएसनको औपचारिक शुभारम्भ घोषणा समेत गरिनेछ । यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाइलट एसोसिएसनले जनचेतना तथा व्यावसायिकता अभिवृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको बार्षिक क्यालेण्डर समेत सार्वजनिक गरिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

यी इलेक्ट्रिक स्कुटर पनि अटो एक्स्पो २०२५ मा प्रदर्शित हुने

यी इलेक्ट्रिक स्कुटर पनि अटो एक्स्पो २०२५ मा प्रदर्शित हुने

भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ सुरु भइसकेको छ । शोमा विभिन्न ब्रान्डका...

हेल्मेट डिटेक्सन सिस्टममा काम गर्दै ओला, हेल्मेट नलगाई वाइक चलाउन खोजे स्टार्ट नै नहुने

हेल्मेट डिटेक्सन सिस्टममा काम गर्दै ओला, हेल्मेट नलगाई वाइक चलाउन खोजे स्टार्ट नै नहुने

भारतको प्रख्यात टु ह्विलर इभी निर्माता ओलाले आफ्नो स्कुटर र मोटरसाइकल...

हिरो भिडा भी१ इलेक्ट्रिक स्कुटर : यी हुन् थाहा पाउनु पर्ने तथ्यहरु

हिरो भिडा भी१ इलेक्ट्रिक स्कुटर : यी हुन् थाहा पाउनु पर्ने तथ्यहरु

बजारमा इलेक्ट्रिक टु ह्विलरको बहार भइरहेको समयमा हालै भारतीय बजारका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...